राष्ट्रपतिले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाए

८ पुष २०६९, आईतवार २३:३६ मा प्रकाशित

काठमाडौं, ८ पुस । राष्ट्रपति रामवरण यादवले मुख चार राजनीतिक शक्ति सहमति गर्न असफल रहेको ठहर गर्दै सरकार गठन लगायतका विषयमा छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई सोमबार बिहान ९ बजे शितल निवास निम्त्याएका छन । प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको जारी छलफल र अनुरोध अनुसार पाँच पटक म्याद थपिसकेका राष्ट्रपति यादवले यस पटक संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसंग छलफल गरी उनीहरुकै परामर्शमा आगामी कदम चाल्न सोमबार बिहान ९ बजे शितल निवास निम्त्याएका हुन् । उनले पाँचौ पटक थपेको म्याद पनि बिना परिणाम शनिबार सकिएको थियो । राष्ट्रपतिको कार्यालयले आइतबार एक सूचना प्रकाशित गरी तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई भेटघाटका लागि बोलाइएको जानकारी दिएको छ । राष्ट्रपति यादव सोमबार भारत भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार