संसारकै १० उत्कृष्ट पर्यटकीय गन्तब्यमा मुस्ताङ

८ पुष २०६९, आईतवार २२:०९ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, ८ पुस । आगामी सन् २०१३ का लागि बिश्वका उत्कृष्ट १० पर्यटकीय गन्तब्यमा मुस्ताङ परेको छ । नेपालको सिमानाभित्र परे पनि ‘लिटिल टिबेट’ अथवा ‘द लाष्ट फरविडन किङडोम’ भनेर उपल्लो मुस्ताङलाई बिश्वका दश उत्कृट गन्तब्य मध्ये तेस्रो नम्वरमा राखिएको हो ।
लोन्ली प्लानेट नामक प्रख्यात सस्थाले अन्तिम अर्धनिषेधित अधिराज्य लिटिल तिबेट अथवा द लाष्ट फरविडन किङडोम हेर्ने अन्तिम अवसर भएकाले पर्यटकका लागि नपुगी नहुने गन्तब्यका रुपमा समेत ब्याख्या गरेको छ । नेपालको उत्तरी सिमानामा रहेर पनि भाषा, सस्कृति, मौसम, भु–वनोट तिब्बत जस्तै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
सन २०१३ का लागि प्रकाशित उत्कृष्ट गन्तब्यमा फ्रान्सको कोरसिक, इजराएलको द नेग्याम, नेपालको मुस्ताङ क्रमश पहिलो दोस्रो र तेस्रोमा रहेका छन । ‘लोन्ली प्लानेट’ संसारमा सबैभन्दा बढि बिक्रि हुने ट्राभल बुक हो, यस सस्थाले अधिकारीक रुपमै नेपाल र मुस्ताङलाई उत्कृष्ट १० गन्तब्यमा राख्नु हामी सबै नेपालीका लागि खुसिको कुरा हो”, नेपाल पर्यटनवोर्डका मिडीया संयोजक सरद प्रधानले भन्नुभयो- “यसले नेपालमा अन्य पर्यटक भित्रयाउन समेत सहयोग पुग्ने छ ।”
बिदेशीका लागि पुर्ण रुपले निषेधित भएता पनि सन १९९२ बाट उपल्लो मुस्ताङ केहि हजार बिदेशीका लागि प्रति ब्यक्ति ७ सय डलर १० दिन भित्र पदयात्रा गर्ने गरि निश्चित पर्यटकमात्र आउन दिने गरिएको थियो । सरकारको निति अनुसार पछिल्ला बर्षहरुमा १० दिनका लागि प्रति ब्यक्ति ५ सय डलर लिएर धेरै पर्यटकलाई अनुमति दिएर भ्रमण गर्न दिन थालिएको छ ।
लोन्ली प्लानेटले हालै आफनो www.lonelyplanet.com/themes/best-in-travel-2013/top-10-regions बेवसाइड मार्फत यसलाई महगो पदयात्रा अनुमतीपत्र समेत भएकाले नेपाल सरकारले सहज बनाउदै लैजाने अपेक्षा राखेको छ । संस्थाको वेवसाइडमा भनिएको छ, मोटरबाटोले जोडिए पछि यो र्दुगम भेगमा पदयात्राका दृष्टिकोणले ब्यापक परिर्वतन आउने छ ।
मुस्ताङ बिकासका चार आधार कृषि, पर्यटन, पर्यावरण र भौतिक पुर्वाधार” भन्ने नारा साकार पार्न गुरुयोजना तयार गर्ने जमर्को गरिरहेका बेला यस्तो खुसिको खवरले हामीलाई काम गर्न समेत उत्साहित बनाएको मुस्ताङका स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देलले बताउनु भयो । उहाले भन्नु भयो “पर्यटन पर्वद्धन गर्न सरसफाईलाई पनि त्यतिकै भ्यान दिनु पर्ने भएकाले यो बर्ष भित्र जिल्लाका सबै घरमा शौचालयको ब्यबस्थागर्न सक्दा पहल गरिरहेका छौ ।  मुस्ताङको कुञ्जो गाबिसलाई केहिमहिना अगाडी र पुष ९ गते कोवाङ गाबिसलाई खुल्ला दिशामुक्त गबबिस धोषणा गर्दैछो जसले पर्यटकलाई समेत शौचालय सुबिधा उपलब्ध गराउने छ ।” यसरी उत्कृट तेस्रो स्थानमा परेका कारण हामी अब त्यसै बस्नु हुदैन हामीमाथी यो उत्कृष्टता सधैका लागि जोगाउने जिम्मेवारी समेत थपिएको सिग्देलले बताउनु भयो ।
तिब्बतियन सभ्यता हराउँदै जान थालेकोले यो सभ्यता हेर्ने अन्तिम अवसर समेत भएकोले सक्दो छिटो यहाको भ्रमण गर्न भनिएको छ । लोन्ली प्लानेटले सन २००५मा बिश्वकै उत्कृष्ट १० पर्यटक पदमार्ग मध्ये अन्नपुर्ण फेरोलाई समेत राखेको थियो । केहि बर्ष यता अन्नपुर्ण फेरोका धेरै भुभागमा मोटरआएपछि दश उत्कृष्ट पदमार्गबाट हटाएको थियो । उत्कृष्ट १० गन्तब्यमा परेको मुस्ताङको पर्यटन पर्वद्धनमा भुमीका खेल्दै आएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका पर्यटन सहायक कृष्ण गुरुङ भन्नुहुन्छ, मुस्ताङको पर्यटन पर्वद्धनमा प्रसस्तै सभाबना छ, यसको भरपुर प्रयोग गर्ने र यहाको सस्कृति, सम्पदा र प्राकृतिक श्रोत साधनको उचीत संरक्षण र ब्यबस्थापनका लागि अझै धेरै काम गर्न बाकीछ । सबैको सहयोगबाट मात्र यो सभव छ ।
लोन्ली प्लानेटले उत्कृष्ट दश पदमार्गमा राखेकाले आज पनि धेरै पर्यटक अन्नपुर्ण फेरोको पदयात्रामा रमाउने गरेका छन । यसैगरि उपल्लो मुस्ताङको लोमन्थाङलाई गत बर्ष मड सिटी नाम दिएर बिश्व सम्पदा सुचिमा राखिएको छ ।
नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्रयाउन सरकारले आफनो सुरक्षा ब्यबस्था चुस्त राखी उपल्लो मुस्ताङ आउने पर्यटकको अनुमतीपत्रलाई पहिलेको भन्दा शुल्कमा केहि कमी गर्नुपर्ने छोण्हुपका कर्मसम्टुक गुरुङ बताउनु हुन्छ ।
उहाले बिश्वका उत्कृष्ट दश गन्तब्यमा मुस्ताङ पर्नु गर्बको कुरा भएको बताउनु भयो । उहाले सरकारले उपल्लो मुस्ताङ आउने पर्यटकबाट लिइएको धेरै जसो शुल्क यहाको बैकल्पीक मार्ग एव पर्यटन प्रर्वद्धनमा खर्च गर्नु पर्ने बताउनु भयो ।
लोन्ली प्लानेट नामक सस्थाले प्रकाशित गरेको सन २०१३का लागि उत्कृष्ट गन्तब्यमा क्यानडाको द युकोन, पेरुको चचपयासर क्यलप, अमेरिकाको  दगल्फ कोष्ट, अष्ट्र«ेलियाको क्यारेनथिया, फिलिपिन्सको फलान, जापानको इनल्याण्ड सि र इटलिको क्याम्प्यानिया चौथो देखि क्रमश दशौ स्थानमा सन २०१३ का लागि पर्यटकीय गन्तब्यका रुपमा परेका  छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार