‘धर्म परिवर्तनको मारमा आदिवासी-जनजाती’ : थापा

८ पुष २०६९, आईतवार २१:५० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ८ पुस । नेपाललाई धर्मनिरपेक्षताबाट पुनः हिन्दु धर्मको देश बनाउने उदघोष गर्दै रथयात्रा सुरु गरेको राप्रपा नेपालको रथयात्रा लुम्बिनी आइपुगेको छ । सो क्रममा आइतबार बुटवलमा आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु र्धमलाई नास गर्ने षडयन्त्र भइरहेको बताए । उनले योजनावद्ध र संगठित रुपमा धर्म परिबर्तन गरिँदा राष्ट्रको पहिचान नै गुम्ने खतरा वढेको बताए । धर्म परिर्वतनको मारमा अहिले सवैभन्दा वढि दलित, आदिवासी जनजाती र गरिवहरु परेको उनको कथन थियो । पहिचानको रक्षाकै लागि पनि हिन्दु धर्मलाई बचाउनु पर्ने अध्यक्ष थापाले उल्लेख गरे ।
हिन्दु राष्ट्रको माग गदै राप्रपा नेपालले सुरु गरेको रथयात्रालाई बुटवलको ट्राफीकचोकमा सनातन हिन्दुधर्म संरक्षण राष्ट्रिय समिति लगायत विभिन्न संघसंस्थाले स्वागत गरेका थिए । पुस २ गते बिवाह पञ्चमीका दिन जनकपुरको रामजानकीको बिवाह मण्डपबाट निस्केको रथयात्रा पोखरा विन्धवासिनी हुँदै ११ गत काठमाडौं पुग्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार