प्रवासी नेपालीले जीसीआई मार्फत नेपालमा लगानी लगाउने

८ पुष २०६९, आईतवार १९:५० मा प्रकाशित

हङकङ । ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रालि (जीसीआई)ले हालै हङकङ, चीन र मकाउमा आर्थिक लगानी नेपालमा कसरी भित्र्याउन सकिन्छ भन्ने सम्वन्धमा छलफलको आयोजना ग¥यो । सो छलफल कार्यक्रममा करिव २ सय प्रवासी नेपाली सहभागी थिए । ग्लोबल क्यापिट हङकङ शाखाका संयोजक ललित लिम्बुले प्रवासी नेपालीले संयुक्त रुपमा नेपालमा लगानी गर्न सके नेपालको आर्थिक विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रमा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष देवमान हिराचनले ग्लोबल कम्पनी स्थापना गर्नुको उद्देश्यका बारेमा प्रकास पारेका थिए । उनले नेपालको अर्थतन्त्रलाई सहयोग पुराउने उद्देश्यले जीसीआइको स्थापना गरेको बताए । नेपालको विकासमा एउटा इटा थप्ने उद्देश्यले जीसीआईको २०११ सालमा स्थापना गरेको बताए ।
प्रवासी नेपालीबाट उठेको रकम घरजग्गा, रिसोर्ट, फोहोरबाट विद्युत् उत्पादन, जैविक मलबाट कृषि उत्पादनलगायतमा लगानी लगाउने उद्देश्यले कम्पनी स्थापना गरिएको अध्यक्ष हिराचनले बताए । उनले कम्पनीको भावीरणनिती बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रम ग्लोबल इन्भेष्टमेन्ट हङकङ शाखाको संयोजक ललित लिम्बूको सो कार्यक्रममा प्रमुख अतिथि एवंम कम्पनीका अध्यक्ष देवमान हिराचन, बिशेष अतिथि कम्पनीको कोरिया सयोजक गंगाराज राई, अतिथिहरुमा च्याम्बर अफ कर्मशका अध्यक्ष जेएन ज्ञवाली र एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ नेपालमा लगानी भित्र्याउनका लागि सबै एक जुट हुनु पर्नेमा जोड दिएका थिए । हङकङको सयोंजक ललित लिम्बुले कार्यक्रम आयोजना गर्नुको कारणबारेमा जानकारी गराएका थिए । हाल जीसीआईमा बिभिन्न ३० मुलुकमा रहेका प्रवासी नेपालीहरुको लगानी रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको