एमाओवादी लुटतन्त्रमा लागेको छ :: माधव नेपाल

८ पुष २०६९, आईतवार १९:३५ मा प्रकाशित

० तपाईंको विचारमा नेपालको भावी प्रधानमन्त्री को हो र ?

– यो प्रश्न मसँग नगर्नुस्, अहिले यो प्रश्न एकीकृत नेकपा माओवादीसँग सोध्नुस् । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग यो प्रश्न सोध्नुस् । एमालेसँग यो प्रश्न सोध्ने होइन । एमालेले त संस्थागत रुपमै निर्णय गरिसकेको छ । मैले नै प्रस्ताव गरेको हुँ सुशील कोइरालाको नाम । मैले आफ्नो तर्फबाट चार पार्टीको बैठकमा प्रस्ताव नै राखिसकेको छु । अनिर्णित भएको बेला मात्र यो प्रश्न सोध्ने हो ।
० सुशील कोइराला प्रधानमन्त्री बन्ने आधारहरु छन् र ?
– एकीकृत नेकपा माओवादीले नेपाली काग्रेससँग प्रधानमन्त्रीको नाम माग्यो । माओवादीको मागलाई ध्यानमा राखेर कांग्रेसले निर्णय पनि गर्यो । अब माग पुरा भएपछि कोही पनि पछि हट्नु हुँदैन । प्रचण्डले आफ्नो विश्वसनीयता कायम राख्नको लागि र पार्टीहरुसँगको सुमधुर सम्बन्धलाई कायम राख्न पनि आफ्नो बचनमा अड्नु पर्दछ । धेरै ‘इफ’ एण्ड ‘बट’ लगाउनु हुँदैन । नयाँ–नयाँ तर्क जोडेर पेचिलो बनाउनु हुँदैन । एमाले र माओवादीले दुई–दुई पटक नेतृत्व गरिसकेको अवस्थामा कांग्रेसले पनि नेतृत्व गर्न पाउनु पर्छ । अहिले सुशीलजी प्रधानमन्त्री हुने आधारहरु यिनै हुन् । अहिले माओवादीले भनेजस्तो संविधानका अन्तरवस्तुमा जान सकिँदैन । अहिले भनेको सहमति भइसकेको विषयलाई दस्तावेजको रुप दिएर अघि बढ्न सकिन्छ ।
० तर सुशील कोइराला त प्रधानमन्त्रीको नयाँ सर्तका कारण तपाईंहरुले भनेको समयमा प्रधानमन्त्री त बन्न सक्नुभएन नी र?
– प्रधानमन्त्री डा। बाबुराम भट्टराई सत्ता छाड्ने मनस्थितिमा हुनुहुन्न । त्यसैले उहाँले एकमाथि अर्को सर्त थोपरिरहनु भएको छ । तर म यो घोषणा गर्न चाहन्छु कि उहाँले छाड्नै पर्छ, सहमतिको लागि मार्ग प्रसस्त गर्नै पर्छ । अन्यथा त्यसको गंभिर परिणाम भोग्न तयार हुनुपर्छ । उहाँले सहमतिको बातावरण विगार्नुभयो भने त्यसको सजाय उहाँले पाउनुहुन्छ । उहाँ जनताको नजरमा कहिल्यै पनि नउठ्ने गरी गिर्नुहुन्छ । नभए सुशीलजीको नाममा कुनै आपत्ति भए बैठकमा बुँदागत रुपमा छलफलका लागि प्रस्ताव ल्याउनु पर्यो । पछि संविधानसभामा छलफल गर्नुपर्ने विषय अहिले उठाएर अवरोध खडा गर्नुको दोष माओवादी र त्यसको मतियार मधेसी मोर्चाले लिनुपर्छ ।
० एमाओवादीको सर्त मान्ने कि नमान्ने त र?
– कसैको वेतुकका सर्त मान्ने कुरा आउँदैन । के–के गर्ने हो त्यो विषयमा छलफल हुनुपर्छ । अहिले गर्नुपर्ने विषय भनेको संविधानमा विगतमा भएका सहमतिहरु लिपिवद्ध गर्नु पर्छ । सहमति नभएको संघीयता र शासकीय स्वरुप सहमति भएको छैन त्योपछिको छलफलको विषय हो । संघीयता, गणतन्त्र, समावेशिताप्रति हामी सबैको सहमति स्पष्ट छन्, त्यसमा आशंका गर्नुपर्ने आवश्यकता छैन । जहाँसम्म निर्वाचन गर्दैनन् कि भन्ने आशंका छ भने संविधानमा संसोधन गरेर निर्वाचन गराउने मिति र प्रधानमन्त्री बन्ने सुनिश्चित गर्न सकिन्छ ।
० बैशाखमा निर्वाचन हुन सक्छ र?
– दलहरुवीच पुस १५ गतेसम्म सहमति भए निर्वाचन हुनसक्छ । निर्वाचन आयोगले नै निर्वाचन गर्न सकिन्छ भनेपछि हामिले आशंका गर्ने आवश्यकता छैन । दलहरु मिल्ने हो र राज्यको सबै संयन्त्रको प्रयोग गर्ने हो भने दुई महिनामा चुनाव हुन सक्छ । कुन ठूलो कुरा छ र रु चुनावलाई हाउगुजी बनाउनु हुँदैन । जापानमा दुई महिनामा चुनाव हुन्छ । अहिलेसम्म निर्वाचन आयोगको कारणले होइन राजनीति गतिरोधका कारण चुनाव हुन नसकेको हो । माओवादीले नचाहेकोले चुनाव नभएको हो यस्तै रहे देश बर्बाद हुन्छ । मलाई एमाओवादी पार्टी र प्रचण्डले बैशाखमा चुनाव चाहेको छ जस्तो लाग्दैन । माओवादीले नचाहे चुनाव हुन सक्दैन । नत्र त चुनाव हुन कुनै अप्ठ्यारो छैन ।
० सहमति नभए प्रधानमन्त्री डा। बाबुराम भट्टराई रहिरहनु होला त रु
– अहिले यति भनौँ मुलुकमा ठूलो दुर्घटना हुन्छ । बाबुरामजी पनि जानुहुन्छ, मुलुकमा पनि दलहरुको हातबाट जान्छ । त्यसपछि के हुन्छ भन्न सकिदैन । माओवादीले दुर्घटना नै खोजिरहेकोले अरु दलहरुले यसबाट डराउनु पर्ने कुनै आवश्यकता छैन ।
त्यसको अर्थ राष्ट्रपतिले अब कदम चाल्ने बेला भयो र?
अहिले नै कदम चाल्नु पर्छ भनेर भन्दिनँ । बाबुरामजीले छाड्नुहुन्न, माओवादी छाड्न चाहन्न भने त्यस्तो अवस्थामा दुर्घटनामा देश जाने निश्चित छ । आज माओवादी पैसा कमाउन तिर लागेको छ, भोली दुर्घटना भयो भने उहाँहरुलाई सबैभन्दा ठूलो नोक्सानी हुन्छ । संसारमा धेरै कुरा अप्स एण्ड डाउन देखेका छौँ । हेर्दै जाऔँ के हुन्छ रु धेरै सत्ताप्रेमीको बुरा हालत देखेका छौँ । भोलीका दिनमा अहिले सत्तामा टिकेर अकुत भ्रष्टाचार गर्नेहरु सबै फेला पर्छन् ।
० अहिलेकै सरकारमा सबै गएर फेरि सुशील कोइरालालाई समाचार बनाउने भन्ने कुरा आएको छ नि र?
– त्यो हुन सक्दैन, बाबुरामजीको नेतृत्व हामीलाई स्विकार्य छैन । हामी यो सरकारमा जाँदैनौ । यो कुरा पत्थरको लकीर हो । एमालेको स्पष्ट पोजिसन हो त्यो । दशहजार पटक कुरा उठाए पनि त्यो एमालेलाई स्विकार्य छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

जगदिश्वर नरसिंह केसी, प्रदेश सभापती पदका उम्मेदवार, नेपाली कांग्रेस, बागमती प्रदेश नेपाली काङ्ग्रेस नुवाकोटको तीनपटक सभापति भइसकेका जगदीश्वरनरसिंह केसी पर्सि १८ गते

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन् । महाधिवेशन आज

काठमाडौँ । चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय नेताहरू जिल्ला