सोमबार देशले नयाँ प्रधानमन्त्री पाउँछ : खनाल बैशाखमा मै चुनाब गरेर देखाउँछु : डा. भट्टराई

८ पुष २०६९, आईतवार १९:१४ मा प्रकाशित

काठमाडौं, ८ पुस । मुख्य दलका नेताहरुले सरकार गठनका विषयमा भोली बिहानसम्म सहमति जुट्ने दाबी गरेका छन् । पटक पटक समय तोकेर मौका दिँदा पनि सहमति जुटाउन असफल तीन दल र मधेसी मोर्चाका नेताहरुले आज साँझ राष्ट्रपतिलाई भेटी भोली बिहानसम्ममा सहमति जुटाउने दाबी गरेका हुन् ।
शितल निवासमा राष्ट्रपतिसँगको भेटमा नेताहरुले दलहरुबीचको मतभेद साँघुरिँदै गएको बताएका थिए । उनीहरुले भोली बिहानसम्मा मुलुकले साझा प्रधानमन्त्री पाउने सम्भावना रहेको राष्ट्रपतिलाई सुनाएका थिए । एमालेका अध्यक्ष झलनाथ खनालले पनि भोली बिहानसम्ममा नेपालले सहमतिको प्रधानमन्त्री पाउने आशा र विश्वास आफूलाई भएको बताए ।
यसैबीच अहिले शितल निवासमा राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराईबीच भेटवार्ता हुँदैछ । राष्ट्रपति यादवको भारत भ्रमणबारे छलफल गर्नका लागि भनिए पनि राजनीतिक सहमतिका विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच गम्भीर छलफल हुने सुत्रले जनाएको छ । स्मरण रहोस्, आइतबार दिउँसो ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बाबुराम भट्टराईले आगामी बैशाखमा आफैंलेृ चुनाव गराएर देखाउने उदघोष गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार