भ्रष्टाचारबारे खोजिनीति गर्ने संस्था नै अवैध !

८ पुष २०६९, आईतवार १८:४५ मा प्रकाशित

काठमाडौं, ८ पुस । गैरसरकारी संस्था दर्ता गर्दा प्रशासन कार्यालयले संस्थामा आवद्ध पदाधिकारी तथा सदस्यको प्रहरीमार्फत् गोप्य रुपमा व्यक्तिगत आचारण बुझ्ने गर्दछ । तर, जिल्ला प्रशासन कार्यालयले गत असारमा दर्ता गरेको ‘भ्रष्टाचारविरुद्धको अभियान–नेपाल’ नामक गैरसरकारी संस्था दर्ता गर्दाको प्रहरी रिपोर्ट विवादमा तानिने देखिएको छ ।
भारतीय नक्कली मुद्रा प्रकरणमा समातिएर पाँच महिना कैद तथा पन्ध्र हजार धरौटी बुझाएर निस्केका अभियुक्त सञ्जयकुमार झा संयोजक रहने गरी अन्य दश सदस्य समेतको नाम उल्लेख गराएर दर्ता गरिएको ‘भ्रष्टाचार विरुद्धको अभियान–नेपाल’ यतीबेला छानविनको घेरामा परेको छ । संस्थाको संयोजक रहेका महोत्तरीको साडा–९का तुरुन्तलालका नाती पशुपतिका छोरा ९ना।प्र।प।नं।८०५२१९७९० का सञ्जयकुमार झाले जासुसी क्यामेरा प्रयोग गरेर कयौं व्यक्ति तथा पदाधिकारीका गोपनियताको अधिकार खोस्ने गरेको र त्यही दृश्य देखाउँदै ‘वार्गेनिङ’ गर्ने गरेको गाइँगुइँ चल्न थालेपछि प्रहरी र प्रशासनको ध्यान उसका क्रियाकलापतर्फ खिचिएको बताइएको छ । विभिन्न व्यक्ति तथा पदाधिकारीलाई झुक्याएर फसाउने गरेको भन्दै पिडीतले प्रहरीमा समेत उजुरी गरिसकेका छन् । कानूनी कारवाहीको दायरामा तान्ने तथा बदनाम गरिदिने भन्दै कयौंलाई वार्गेनिङ गर्दै आतंकित तुल्याउँदै आएका भनी विवादास्पद सञ्जय झा अब भने आफैं कानूनी कारवाहीको फन्दामा पर्ने भएका हुन् । गत असारमा अनामनगरमा रहने गरी दर्ता गराएको ‘भ्रष्टाचार विरुद्धको अभियान–नेपाल’ नामक संस्था त्यस क्षेत्रमा नरहेको र व्यक्तिगत स्वार्थ पूरा गर्न संस्थाको नाम प्रयोगमा लिइएको खुलेपछि प्रशासन कार्यालयले नै विवादास्पद झा र त्यस संस्थामा आवद्ध अन्य सदस्यका क्रियाकलाप बारे अनुसन्धान थालेको बताइएको छ । उक्त संस्थामा आवद्ध सदस्यहरुमा समीर राना, नवराज केसी, राजकुमार श्रेष्ठ, राजु ढकाल, शुकदेव चापागाइँ, मोहम्मद अ‍ैयूव खान, निरु श्रेष्ठ, परमेश्वर थापा, रमेश तण्डुकार र श्यामहरि थापा मगर रहेका छन् । यी नाम देखावटी राखिएको हो या असली भन्नेमा छानबिन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार