मेडिकल कलेज हटाउन माग गर्दै आन्दोलनको घोषणा

८ पुष २०६९, आईतवार १८:१९ मा प्रकाशित

काठमाडौ, ८ पुस । देबघाट क्षेत्रमा स्थापित मेडिकल कलेज हटाउन गठित संघर्ष समितिले फेरि पनि म्याद थप्ने षडयन्त्र भईरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
मेडिकल कलेजलाई लिजमा जग्गा दिने सरकारी निर्णयलाई सर्वोच्च अदालतले चुनौति दिँदै भोगाधिकार बदर गरिदिएको १८ वर्ष पुगिसक्दा पनि कलेज सञ्चालन नहटेको भन्दै बागिश्वरी आध्यात्मिक परिषद, देबघाट क्षेत्र विकास समिति, जलदेबी बन उपभोक्ता समिति र नागरिक समाजको अगुवाईमा सो संघर्ष समिति गठन भएको हो ।
पछिल्लो समयमा प्रशासन, मेडिकल कलेज र संघर्ष समितिवीचको वार्तामा म्यद नथपी हस्तान्तरण गर्ने सहमति भए पनि जिल्ला बन कार्यालयले हस्तक्षेप गरेर म्याद थप गर्ने षडयन्त्र गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समेत मेडिकल कलेजको भवन देबघाट विकास समितिलाई हस्तान्तरण गर्नु भनि मंसिर २६ गते पत्र पठाए पनि बन कार्यालयले हस्तक्षेप गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत माग पुरा नभएसम्म सो भवनमा तालाबन्दी, धर्ना जुलुस, माईकिङ, अनसन, कोणसभा र जुलुस गर्ने लगायत रहेका छन् । चैतन्य कृष्ण महाराजका अनुसार विदेशी संस्कृति नेपालमा हावी हुँदै गएको र नेपाली संस्कृति ओझेलमा पर्दै गएको टिप्पणी गर्दै नेपालीको सस्कृति कायम राख्न नसके नेपाली नै नरहने चेतावनी दिए । उनले पूण्य भूमि देबघाटलाई विशुद्ध धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नु पर्ने धारणा राखे ।
डा बाबुदेब कृष्ण शास्त्रीले देबघाट सम्पूर्ण सनातन धर्मिको आस्थाको केन्द्र भएको भन्दै त्यसको संरक्षण र सम्र्बद्धनको लागि ईमान्दरिताका साथ लाग्नु पर्ने बताए । देबघाट क्षेत्र विकास समितिका अध्यक्ष खिमलाल भण्डारीले देबघाटको संरक्षण गर्न आफूहरु जस्तो त्याग गर्न तयार रहेको भन्दै कसैको जवरजस्ती नसहने र देबघाटलाई धार्मिक, सास्कृतिक केन्द्र बनाई छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।
संघर्ष समितिका संयोजक शान्ताप्रसाद पोख्रेलले देबघाटलाई एकीकृत रुपमा आस्थाको केन्द्र बनाउन जस्तोसुकै कदम उठाउन पनि तयार रहेको भन्दै सहमति नमाने आन्दोलनबाटै मेडिकल कलेजलाई विस्थापन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको