मन्टेश्वरी शिक्षालयहरुको छुट्टै संगठन निर्माण

८ पुष २०६९, आईतवार १८:१७ मा प्रकाशित

काठमाडौं, ८ पुस । नेपाली समाज संगठन निर्माणमा अग्रगतिमा रहेको थप प्रस्ट्याउँदै मन्टेश्वरी शिक्षालयहरुले पनि आफ्नो अलग्गै साझा संगठन निर्माण गरेका छन् । मन्टेश्वरीे नाममा खुलेका गैरमन्टेश्वरी शिक्षालाई निरुत्साहित गर्न र मन्टेश्वरी शिक्षामार्फत असल जीवनपद्धति सिकाउने भन्दै आइतबार मन्टेश्वरी एसोसिएसन नेपाल नामक संस्थाको घोषणा गरिएको हो ।
बेष्ट मन्टेश्वरी चेन अफ स्कुल्सकी अध्यक्ष सुषमा सुब्बा लामाको अध्यक्षतामा गठित एसोसिएनको कार्यसमितिमा सञ्जय फिन्जु लामा उपाध्यक्ष, दिपा थापा सचिव, गंगा लामा कोषाध्यक्ष, मनिता शर्मा, नानीमैया शाक्य र ल्हेमी लामा सदस्य रहेका छन् । संस्थाले मन्टेश्वरी शिक्षाप्रति अभिरुचि जगाउने, अधिराज्य भर यसको विस्तार गर्ने, शिक्षाको गुणस्तर बृद्धि गर्ने, यसको विकासको लागि दक्ष जनशक्ति उत्पादन गर्ने लगायतका लक्ष्यहरु निर्धारण गरेको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुषमाले मन्टेश्वरी स्वयम सचेतन तालिम भएको उल्लेख गर्दै अहिले मुलुकमा यस्तो शिक्षा नभएकोले पनि धेरै पढेका नेता भए पनि मुलुकलाई निकास दिन नसकेको दावी गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार