सरकारको नेतृत्वमा कुरा नमिल्दा बैठक निष्कर्षहिन

८ पुष २०६९, आईतवार २०:०१ मा प्रकाशित

काठमाडौं, ८ पुस । राष्ट्रिय सहमतिय सरकार निर्माणका विषयमा सत्तारुढ दल भित्रै मदभेद देखिन थालेको छ । त्यही मतभेदकै कारण आइतबार बिहान र बेलुका गरी दुई पटक बसेको सत्ताधारी दलहरुको संयुक्त मोर्चा ‘संघीय लोकतान्त्रिक गण्ँतान्त्रिक गठबन्धन’को बैठकले कुनै निर्णय गर्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागि मोर्चाका नेताहरुबीच राष्ट्रिय सहमतिको सरकार र दलहरुबीच भइरहेको छलफल तथा उनीहरुका सर्तका विषयमा कुरा बॉझिएपछि बैठक निष्कर्ष विहीन टुङ्गीएको हो ।
विहानको बैठकमा नेताहरुबीच कुरा नमिलेपछि सॉझ सम्मका लागि स्थगित गरिएको थियो । तर, बेलुकाको बैठकमा पनि कुनै निष्कर्ष ननिस्केपछि सोमबार पुनः बस्ने गरी स्थगित भएको छ । सत्तारुढ मोर्चाका प्रवक्ता प्रेम बहादुर सिंहका अनुसार बैठमा मोधेशी मोर्चा, एमाओवादीले अघि सारेका प्रस्तावहरुका बारेमा छलफल भएको थियो । उनका अनुसार मोर्चाका नेताहरुले बोल्ने क्रम नसकिएकाले सोमबार पुनः बस्ने गरी आइतबारको बैठक स्थागित गरिएको हो ।
बैठकमा सत्तारुढ प्रमुख दलका अध्यक्ष समेत रहेका एमाओवादी अध्यक्ष पुपष्कमल दाहालले राष्ट्रिय सहमतिका लागि हामीले पनि आफ्नो दायर फराकिलो पार्ने की भन्ने प्रस्ताव गरेका थिए । बैठकमा सहभागि एक नेताका अनुसार अध्यक्ष दाहालले दलहरुसंग भएको वार्ताबारे जानकारी गराउ‘दै वर्तमान सरकारमा कांग्रेस–एमाले कुनै पनि हालतमा नआउने भनेकाले हामीले पनि आफ्नो दायरा केही फराकिलो पर्ने की भन्ने अवस्था सृजना भएको छ, भनेका थिए ।
स्रोतका अनुसार उनले कांग्रेस एमालेलाई मनाउन नसकिएको भन्दै आगामी दिनका उनीहरुसंग कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा सहभागिहरुसंग राय मागेको थिए । उनले सोमबार विहान राष्ट्रपतिसंगको छलफलमा कसरी प्रस्तुत हुने तथा अन्य सानादलहरुको विचारलाई कसरी समेटन सकिन्छ भन्ने बारेमा पनि आफ्नो धारणा राखेका थिए ।
दाहालको यस्तो भनाई आए लगतै मधेशी मोर्चाका संयोजनक समेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकारको विकाल्प खोज्न नसकिने तर्क गरेका थिए । उनको भनाई थियो, ‘यदी बाबुरामजीको नेतृत्वमा सहमतीय सरकार गठन हुन सक्दैन भने विकाल्पमा सत्तारुढ दलहरुबाटै नयॉ प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नु पर्छ ।’
त्यसैगरी मोर्चाका नेताहरु हृदयस त्रिपाठी, राजेन्द्र महतोलगायतले पनि वर्तमान सरकारको विकल्पमा जान नहुने धारण्ाँ विचार राखेका थिए । स्रोतका अनुसार उनीहरुले एमाओवादीमा फुट आएकाले केही समस्य देखिएको भन्दै सबै भन्दा पनि एमाओवादीबाट अलग भएर गएको समूहलाई मनाउनु पर्ने तर्क गरेका थिए । उनीहरु राष्ट्रपतिसंगको संयुक्त छलफलमा कसरी प्रस्तुत हुने तथा अन्य दलहरुको धारणा कसरी आफु तिर पार्ने भन्ने बारेमा पनि आ–आफ्नो विचार राखेका थिए ।
बैठकमा प्रधानमन्त्रीले भट्टराईले परिवर्तन नचाहने तत्वहरुले मिडिया क्याम्पेन गरेर आफूलाई ‘बाधक’ भनी प्रचार गरेको भन्दै आपति प्रकट गरेका थिए । उनले अहिले सरकार छाड्दा सत्तारुढ दल तथा गठवन्धनलाई ठुलो घाटा हुने हुनाले तत्काल सरकार छाड्नु नहुने विचार राखेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले यही सरकारले चुनाव गराउनु पर्ने भन्दै चुनावी सरकारको नेतृत्व कांग्रेस या अरु पार्टीको हातमा पुगे वर्तमान सत्ता गठवन्धका सफलतामा ठेस पुग्ने बताएका थिए ।
‘बैठकमा यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सबैको एक मत छ,’ सत्ता गठवन्धन दलका प्रवक्ता सिंहले भने, ‘यदी यो सरकारको विकल्प खोज्नु पर्ने भयो भने, ‘मोर्चाबाटै खोज्नु पर्छ भन्ने छ ।’ ‘भट्टराईको विकल्पमा जानु पर्दा सरकारको नेतृत्व कस्ले गर्ने भन्नेमा चॉही साथीहरुको फरक फरक विचार आएको छ,’ उनले भने, ‘त्यसैले अहिले अन्य कुनै पनि कुरामा नसोची यही सरकारको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने हो, मधेशी मोर्चा र एमाओवादीले अघि सारेको प्रस्तावमा पनि यही छ ।’
मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का महासचिव जितेन्द्र देवले भने, ‘भट्टराईको नेतृत्वमा सहमति हुन सक्दैन भने सत्तारुढ दलबाटै विकल्प खोजी सहमतिका लागि अघि बढ्नु पर्ने बैठकमा कुरा उठेको छ ।’ बैठकमा राष्ट्रपति डा. रामवरण्ँ यादवले राष्ट्रिय सहमतिको सरकार गठनको लागि पछिल्लोपटक दिएको समयसीमा सकिएकाले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा बैठकमा कुरा उठेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार