सोमबार सहमति हुनेमा एमाले अध्यक्ष खनालको विश्वास

८ पुष २०६९, आईतवार १७:२७ मा प्रकाशित

काठमाडौं, ८ पुस । एमाले अध्यक्ष झलनाथ खनालले सोमबार सम्ममा राजनीतिक सहमति हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिसँग आज भएको दुई घण्टा लामो वार्तापछि सञ्चारकर्मीसंग बोल्दै अध्यक्ष खनालले भने, ‘हेरौं भोली सम्ममा निकास निष्कन्छकी ।’
राष्ट्रपतिसँगको भेटबाट बाहिरिंदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भोलिको बैठकमा सहमतीय सरकार र प्रधानमन्त्रीबारे प्रस्ताव लगिने जानकारी दिए । यद्यपि उनले प्रधानमन्त्रीको लागि कसको नाम प्रस्ताव गरिने हो भन्ने खुलाएनन् ।
५ औं पटकसम्म म्याद दिंदा पनि प्रमुख दलले सहमतीय प्रधानमन्त्री छान्न नसकेपछि राष्ट्रपति रामवरण यादवले छलफलका लागि भोली बिहान बिघटित संबिधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका छन् । उनले दिउँसो २ बजेदेखि ४ बजेसम्म प्रमुख तीन दल र मधेसी मोर्चाका प्रतिनिधिसँग निकासबारे छलफल गरेका थिए ।
उनी भारतमा हुने एक कार्यक्रममा सहभागी हुन भोलीनै भारत जाने कार्यक्रम पनि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार