बाघ विद्यार्थी बनेपछि…

८ पुष २०६९, आईतवार १६:५३ मा प्रकाशित

नवलपरासी, ८ पुस । जंगलमा ‘राज’ गर्ने बाघ विद्यालयका कक्षामा भेटिएपछि त्यहाँको वातावरण कस्तो होला ? नवलपरासीको कावासोतीस्थित एक निजी विद्यालयमा आज विहानै देखि बाघले रजाई गरी रहेको छ । बाघका कारण सो विद्यालयको पठनपाठन समेत अवरुद्ध भएको छ । भने, स्थानिय जनजवन त्रसित बनेको छ ।
आज विहान ६ वजेदेखि कावासोती–५ स्थित गण्डकी आवासीय विद्यालयको कोठाभित्र पाटे बाघ बसी रहेको छ । बाघ हेर्न विद्यालय परिसर र घरका छतहरुमा स्थानीयको भीड लागेको छ । कोठाभित्र वसेको वाघ वेला वेला ठूलो स्वरमा कराउने गरेको छ । विद्यालय विहानदेखि वन्द छ । स्थानीय युवाले माइकिङ गरेर वाघको नजिक नजान आग्रह गरेका छन् ।
स्थानीयले चितवन राष्ट्रिय निकुञ्जमा खवर गर्दा सवै कर्मचारी धु्रवे हात्तीको नियन्त्रणमा लागेका कारण तत्काल आउन नसक्ने प्रतिक्रिया दिएको गण्डकी आवासीय विद्यालयका जगत भट्टराईले जानकारी दिए । उनले भने, ‘बाघ नियन्त्रणमा लिन निकुञ्ज प्रशासनले पनि पहल नगरेको कारण समस्या भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार