राष्ट्रपतिले सर्वदलिय छलफल गर्ने

८ पुष २०६९, आईतवार १६:३७ मा प्रकाशित

काठमाडौ, ८ पुस । राष्ट्रपति डा. रामबरण यादवले राजनीतिक निकासका लागि सर्वदलिय छलफल गर्ने भएका छन् । राष्ट्रिय सहमतिका दलागि भन्दै पाँच पटक सम्म समय दिएका राष्ट्रपतिले दिएको समयमा पनि सहमति नभएपछि उनले सबै दलसंग सामुहिक छलफल गर्न लागेका हुन् ।
यसअघि उनले प्रमुख तीन दल र माधेशी मोर्चाका नेतासंग मात्र छलफल गर्दै आएका थिए । राष्ट्रपलिे भोली विहान नौं बजेका लागि विघटित संविधानसभामा प्रतितिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाएको उनको प्रवक्ताद्धारा आज जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएकोछ, तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । राष्ट्रपतिले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ एक अनुसार गएको मंसिर ८ गते पहिलो पटक सहमतीय सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका थिए । तर तोकिएको समयमा दलहरुले सहमतीय सरकार गठनका लागि सहमति जुटाउन नसकेपछि पटक पटक म्याद थप गर्दै आउनुभएको थियो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ
सम्माननीय राष्ट्रपति डा. रामवरण्ँ यादवबाट तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहµलाई मिति २०६९ साल पुस ०९ गते सोमबार बिहान ९ ः०० बजे राष्ट्रपति भवन, शीतलनिवासमा भेटघाटका लागि आमन्त्रण्ँ गर्नुभएकोले सार्वजनिक जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।
आज्ञाले
हरि कुमार श्रेष्ठ
प्रवक्ता

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार