एमाले बैठक पनि स्थगित

८ पुष २०६९, आईतवार १६:२० मा प्रकाशित

काठमाडौं, ८ पुस । एमाले केन्द्रीय कमिटीको बैठक पनि कुनै निष्कर्ष निकाल्न नसकि स्थागित भएको छ । बैठक आगामी १५ पुस सम्मका लागि स्थागित भएको हो । मुलुकको समसामयिक राजनीतिका विषयमा छलफल बैठक बसेको थियो ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको बैठक पुस–१५ गते सम्मका लागि स्थगित गरिएको पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले जानकारी दिए । ‘मुलुकको पछिल्लो राजनीतिक अवस्था र सहमतीय सरकार लगायतका बारेमा छलफल हुने कार्यक्रम थियो,’ उनले भने, ‘नेताहरुको व्यस्तता र राष्ट्रिय राजनीतिका कारण पुस–१५ सम्मका लागि बैठक स्थगित गरेका छौं ।’
बैठकले एमाओवादीलाई राजनीतिक सहमतिका लागि लचिलो हुन सुझाव दिएको छ । एमाओवादीकै कारण्ँ राजनीतिक गतिरोध लम्बिएको जनाएको एमालेले सहमति गरेर जानुको विकल्प नरहेको उल्लेख गरेको छ । छोटो समय बसेको एमालेको केन्द्रीय कमिटी बैठक पुस–१५ गते पुनः बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार