कृष्णप्रसाद भट्टराईको ८९ औं जन्मजयन्ती मनाइदै

८ पुष २०६९, आईतवार १५:२० मा प्रकाशित

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ८९ औं जन्मजयन्ती आज मनाईदै छ ।
नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा चिनिने सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो । पिता संकटाप्रसाद र माता ललीता देवीको कोखबाट उनको जन्म भएको हो ।
उनले राणा र पञ्चायतविरुद्ध निरन्तर संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछि उनकै नेतृत्वमा २०४७ सालको संविधान मुलुकले प्राप्त गरी संसदीय प्रजातन्त्रको अभ्यास भएको थियो ।
२०४७ बैशाख ६ गते गठीत अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि कृष्णप्रसाद भट्टराई दुई पटक प्रधानमन्त्री बनेका थिए । २०४७ सालको संविधान निर्माण र छोटो संक्रमणका बीचमा तात्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थीरताबाट विकासको बाटोमा लैजान उनको योगदान छ । उनको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार