सरकारको नेतृत्वका विषयमा सत्तारुढ भित्रै विबाद

८ पुष २०६९, आईतवार १५:०६ मा प्रकाशित

काठमाडौं, ८ पुस । राष्ट्रिय सहमतिको सरकार गठनबारे सत्ताधारी दलका नेताहरुबीच नै कुरा बाँझिएको छ । सत्तारुढ दलका नेताहरुको कुरा बाँझिएपछि आज विहान सेको सत्तारुढ दलहरुको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक साँझ सम्मका लागि स्थगित गरिएको छ ।
स्रोतका अनुसार बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता छाड्नुपर्ने धारणा राखेपछि नेताहरुबीच कुरा बाँझिएको हो । प्रचण्डको भनाई थियो, बाबुरामजीको नेतृत्वको सरकारमा कांग्रेस–एमाले आउँदैनन् भने, हामीले आफ्नो दायरा फराकिलो पारेर अघि बढ्नु पर्छ भनेका थिए । उनले  सरकारका विषयमा अन्य विकल्पमा छलफल सुरु गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले सकभर भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्नुपर्ने धारणा दोहो¥याएका थिए । उनले त्यसमा सहमति नभए गठबन्धनकै अर्को नेतालाई अघि सार्नुपर्ने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराई, नेताहरु हृदयष त्रिपाठी, राजेन्द्र महतोले पनि वर्तमान सरकारको विकल्पमा जान नहुने धारणा राखेका थिए । विहानको बैठकमा नेताहरुबीच कुरा नमिलेपछि बैठक साँझ सम्म स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार