रसुवामा भीषण आगलागी

८ पुष २०६९, आईतवार ११:४० मा प्रकाशित

काठमाडौं, ८ पुस । रसुवाको यार्चा गाविसस्थित लाङ्बु र थाङडोर गाउँ सिमानाको जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको राससले जनाएको छ। गएराति १ बजेबाट सुरु भएको आगलागीले आज बिहानसम्म करिब पाँच हेक्टर जङ्गल नष्ट भएको स्थानीयवासीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । नेपाली सेना र स्थानीय बासिन्दा बिहानैदेखि डढेलो नियन्त्रणका लागि प्रयासरत रहेको लामटाङ राष्ट्रिय निकुञ्ज लाङ्बु पोस्टबाट जानकारी प्राप्त भएको छ ।
यार्चा र धुन्चे सिमानाको लेखडाँडामा राति एक्कासि आगोका मुस्लो देखिएपछि यार्चा, सरमथली तथा नुवाकोटको लच्याङ र कुवापानी क्षेत्रका बासिन्दा त्रसित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार