स्कूलको कक्षा कोठामा अजंगको पाटे बाघ

८ पुष २०६९, आईतवार ११:३१ मा प्रकाशित

काठमाडौं, ८ पुस । बनको राजा गाउँवस्तीमा बिचरण गर्न थालेपछि मानिसले बास खोज्न कता जाने ? यस्तै सवाल पैदा गराएको छ नवलपरासीको कावासोती बजारमा अजंगको पाटे बाघले अखडा जमाएपछि । कुनै कथा होइन, आज आइतबारकै घटना हो यो । कावासोतीस्थित गण्डकी बोर्डिङ स्कुलभित्र ठूलो पाटेबाघ बसेपछि स्थानीयवासी आतंकित बन्न पुगेका छन् ।
स्कूलको एउटा कोठाभित्र प्रवेश गरेको बाघको चर्तिकला हेर्न डराइ डराईकन मानिसको भीड लागेको बताइएको छ भने जति मानिसको संख्या बढ्दैछ बाघ त्यति नै बढ्ता गर्जिरहेको छ । बोर्डिङबाट २ सय मिटरको दुरीमा रहेको मनकामना सामुदायिक वनवाट बाघ आएको भएपनि त्यो वनमा नजिकै रहेको चितवन निकुन्जवाट त्यहाँ प्रवेश गरेको अनुमान स्थानीयले गरेका छन् । उक्त बाघलाई लठ्याउने सूई हानेर नियन्त्रणमा लिनका लागि चितवन निकुन्जमा खबर गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा