राजनीतिक दल थपिँदै

८ पुष २०६९, आईतवार ०९:३५ मा प्रकाशित

काठमाडौँ, ८ पुस । देश र जनताको पक्षमा काम गर्ने सवालमा राजनीतिक दलहरु निकम्मा सावित भइरहेकै परिवेशमा निर्वाचन आयोगमा नयाँ दशवटा राजनीतिक दल दर्ता भएका छन् । नयाँ दर्ता गरिएका नयाँ दलहरूमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी छन् । त्यसैगरी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी र नेपाल नौलो जनवादी पार्टीले पनि नयाँ राजनीतिक दलको मान्यता पाएका छन् । नेपालको अन्तरिम संविधानबमोजिम राजनीतिक दल दर्ताका लागि ती दलले आयोगमा निवेदन दिएका थिए ।
नयाँ राजनीतिक दलहरूको कार्यकारी समिति, विधान र झन्डालाई प्रमाणित गरिदिने, राजनीतिक दल दर्ता किताबमा खडा गरी सो किताबमा चढाउने र दल दर्ता भएको व्यहोराको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी नयाँ दललाई त्यसको सूचना दिने निर्णय भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार