तेस्रो पोखरा महोत्सवको तयारी

८ पुष २०६९, आईतवार ०९:३२ मा प्रकाशित

पोखरा, ८ पुस । युनाइटेड क्लब पोखराले यही पुस २४ देखि माघ ३ गतेसम्म अमरसिंह चौरमा तेस्रो पोखरा महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवबाट भएको आम्दानीले पोखराको शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विकास गर्ने लक्ष्य लिइएको छ । महोत्सवका लागि २ सयदेखि २ सय २० सम्म स्टल बनाइने छ । महोत्सवमा औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि, व्यावसायिक सङ्घसंस्थाहरूको सेवा, पर्यटन प्रवद्र्धनका सामग्रीको प्रदर्शन गरिनेछ ।
उक्त महोत्सवमा राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत प्रतियोगिता, ब्याण्ड तथा कलाकारहरूको साङ्गीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू गरिने बताइएको छ । महोत्सवमा रु ६० लाख आम्दानी र रु ४३ लाख खर्च हुने प्रचारप्रसार समितिका संयोजक लालकाजी गुरुङले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा