सडक कालोपत्रे गर्न दबाब

८ पुष २०६९, आईतवार ०९:२८ मा प्रकाशित

बनेपा, ८ पुस । बिपी राजमार्ग जोड्ने करिब ८३ वर्ष पुरानो कच्ची सडक कालोपत्रे गर्न स्थानीयवासीले दबाब दिएका छन् । सडक स्तरोन्नति दबाब समूहले छत्रेबाझको दाप्चामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरूले सो सडक कालोपत्रे नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।
काभ्रेभञ्ज्याङ, नमोबुद्ध र काक्रे हँुदै बिपी राजामार्ग जोड्ने सो सडक कालोपत्रे भए प्रसिद्ध धार्मिक पर्यटनको केन्द्र मानिएको नमोबुद्धमा समेत पर्यटन आर्कषण बढ्ने स्थानीयवासीले बताएका छन् । सडक कालोपत्रे भए त्यसले पर्यटन विस्तार पनि हुने र आसपासका गाविसमा स्थानीय कृषकको जीवनस्तर उकास्न सहयोग पुग्छ सडक स्तरोन्नति दबाब समूहका अध्यक्ष अनिल लामाले भन्नुभयो ।
जिल्ला विकास समिति काभ्रेका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले सडक कालोपत्रे गराउन सरकारको केन्द्रीय बजेट तथा कार्यक्रममा उल्लेख हुनुपर्ने जानकारी दिँदै स्थानीय निकायबाट मात्रै सम्भव हुँदैन भन्नुभयो । उहाँले जिविसबाट रु आठदेखि १० लाखसम्म सहयोग गर्न सक्ने बताउनुभयो । काभ्रेभन्ज्याङबाट काक्रेसम्म झन्डै २० किलोमिटर कच्ची सडकको कालोपत्रे गराउन झन्डै रु १५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । विसं १९८६ मा ध्रुवशम्शेर राणाको पालामा उक्त बाटो बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार