को–को हुन् वित्तीय अपराधीका भित्रिया ?

८ पुष २०६९, आईतवार ०८:५९ मा प्रकाशित

काठमाडौं, ८ पुस । पछिल्लो केही समयदेखि नेपाली अर्थतन्त्र र वित्तीय बजारमा वित्तीय अपराधीहरुको संख्या बढ्न थालेको छ । प्रख्यात व्यवसायी, उद्योगीको आवरणमा रहेका केही व्यक्ति यतिखेर वित्तीय अपराधीको विशेषण बोक्न बाध्य भएका छन् । तर तीनै व्यक्तिलाई वितीय अपराध गराउन प्रोत्साहन गराउनेहरु यतिखेर प्रख्यात बैंकरको रुपमा विलासी जीवन बिताउनुले अपराधको सञ्जाल कति गहिरो रहेछ भन्ने अनुमान लगाउन गाह्रो नहुने अनुभवी बैंकरहरुको ठम्याइ रहेको छ ।
पछिल्लो केही महिनादेखि प्रहरीको फरार सूचीमा रहेका भनिएका एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठलाई दशैंअघि कालो सूचीमा राख्न लगाउने नबिल बैंकका केही उच्च अधिकृतहरुले नै विगतमा एनबी समूहलाई ऋण दिलाउन अनेकौं प्रपञ्च रचेको स्रोतले बताएको छ । सहायक महाप्रबन्धक द्रिपुध्वज अधिकारी तिनैमध्येका एक रहेको नबिल बैंकका एक पूर्व सञ्चालकले बताएका छन् । उनले तत्कालीन समयमा नबिल बैंकको उच्च व्यवस्थापनको चाकडी गरेर र मातहतका कर्मचारी एवम् विभागलाई थर्काएर एनबी समूहलाई सानेपाको अचल सम्पत्ति धितो राखेर रातारात करोडौं रुपैया“ ऋण उपलब्ध गराउन बिचौलियाको भूमिका निभाएका थिए । बिचौलियाको आम्दानीलाई आफ्नो गतिलो आर्थिक स्रोतको रुपमा प्रयोग गर्दै आएका अधिकारीको उक्त कार्यमा बैंकका कम्पनी सचिव विनय रेग्मी र सीएफओ भुवन दाहालले आ–आफ्नो स्थानबाट लबिङ्ग गरेका बुझिएको छ । आफू नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको छिमेकी र उनका ज्वाईं रामकृष्ण खरेलको नजिकको साथी भएको बताउने दाहालले त्यही सम्बन्धलाई नै नबिल बैंकको उपल्लो तहमा पहु“च पु¥याउने माध्यम बनाएका थिए । अहिले त्यही चुरीफुरीलाई भजाउ“दै रेग्मी आफ्नो कम्पनी सचिवको समाप्त हुन लागेको जागीर अवधी थप्न र अधिकारी ६० वर्षको उमेरसम्म लौरो टेकेर भएपनि बैंकको जागीर खान पाउने व्यवस्थाको प्रपञ्चमा लागेका बैंक स्रोतले बताएको छ । तर बैंक व्यवस्थापन वित्तीय अपराधीहरुस“ग सा“ठगा“ठ भएको आशंकामा ती लगायतका कर्मचारीको मागप्रति शतप्रतिशत नकारात्मक रहेको र उल्टै उपयुक्त प्रमाणका आधारमा कारबाहीको निम्ति अग्रसर रहेको पनि बुझिएको छ ।
उता एचएण्डबी बैंकको कुलेश्वर शाखामा गुड फर पेमेण्ट चेकको नाममा भएको ७० करोड रुपैया“ भन्दा बढीको काण्डमा बैंककै सीईओ जसोदा सैंजुलगायत केही विभागीय प्रमुख र शाखा प्रमुखको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ । राजनीतिक नेतृत्वको दबावमा सैंजुलाई जोगाउन राष्ट्र बैंकको नेतृत्वले दिएको निर्देशनले पनि वित्तीय अपराधको परिधि विगतको तुलनामा फराकिलो हु“दै गएको देखिन्छ । यो काण्डलाई केवल शाखा प्रमुख र तल्लो तहका कर्मचारीमा मात्र सीमित राखेर अनुसन्धान गर्न नेपाल राष्ट्र बैंक उच्च व्यवस्थापनले सुपरीवेक्षण विभागलाई दिएको निर्देशनले लहरोतर्फ संकेत गरेको छ । भविष्यमा लहरो तान्दा राष्ट्र बैंकसम्मको पहरो थर्किने सम्भावनालाई कसैले पनि नकार्न नसकिने अवस्थाले वित्तीय बजारमा आर्थिक अनुशासनहीन क्रम उपल्लो तहसम्म पुगेको स्पष्ट भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार