पोखराबाट भागेकी भारतीय महिला बिन्दु हरिजन सुनौली बाट पक्राउ

८ पुष २०६९, आईतवार ०८:१२ मा प्रकाशित

रुपन्देही, ८ पुस । पोखरास्थित वडा प्रहरी कार्यालय बगरबाट नुहाउने क्रममा दुई दिनअघि भागेकी एक थुनुवालाई प्रहरीले नेपाल–भारत सीमाको सुनौली नाकाबाट शनिवार पक्राउ गरेको छ । चोरीको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेकी भारतीय महिला ४५ बर्षीया बिन्दु हरिजन बिहीबार बगर चौकी परिसरबाट नुहाएलगत्तै भागेकी थिइन् । रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी हरि पालले शनिवार सिमा क्षेत्र सुनौलीमा हरिजनलाई पक्राउ गरेकोे जानकारी दिए । उनको खोजीका लागि वडा कार्यालय बगरका सई गिरीराज अर्यालसहित दुई प्रहरी यहा आएका थिए । उनीहरुले रुपन्देही प्रहरीको सहयोगमा भागेकी महिलालाई पक्राउ गरेका हुन् । पक्राउ परेकी महिलालाई थप अनुसन्धानका लागि पोखरा पठाएको एसपी पालले बताए ।

हरिजन भागेपछि कास्की जिल्ला प्रहरी कार्यालयले छानबिनका लागि वडाका प्रहरी हवल्दारद्धय बेलप्रसाद शर्मा र गीता सुवेदीलाई निलम्बन गरेको छ । भागेकी थुनुवा पक्राउ परे पनि यसबारे अध्ययन गर्नुपर्ने भएकाले निलम्बनमा परेका प्रहरीमाथि छानबिन जारी रहने कास्की प्रहरी प्रवक्ता रविन्द्र पौडेलले बताए ।

मंसिर २४ गते अमरसिंहचोकबाट माइक्रो बस चढेकी हरिजनले यात्रु मिनकुमारी गुरुङको सिक्री चोरेकी थिइन् । महिला हिरासत बगर चौकीमा मात्र रहेकाले हरिजनलाई अनुसन्धान अवधिका लागि त्यहा पठाइएको थियो । दुई तोलाभन्दा बढीको सिक्री चोरेकाले एक लाखरुपैया बिगो दावीसहितको उजुरी परेको छ । हतकडी नलगाएकी हरिजन नुहाए लगत्तै बिहीबार बिहान साढे १० बजेतिर सबैको आखा छलेर भाग्न सफल भएकी थिइन् ।

”महिला र बालबालिकालाई हिरासतमा राख्दा हतकडी लगाउने गरिंदैन” प्रवक्ता पौडेलले भने,”हतकडी नलगाएकाले सेन्ट्रीमा बस्ने प्रहरीले पनि थुनुवा भन्ने चिन्न सकेन। उनी त्यही मौकामा सजिलै बाहिरिन सफल भईन्।” कुनै प्रलोभन र नियतमा प्रहरीले थुनुवा भगाएको प्रारम्भिक अनुसन्धानमा नदेखिए पनि थप छानबिन चल्ने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार