अमेरिकामा अनाधिकृत आप्रवाशिहरुले कानुनी हैसियत पाउने

८ पुष २०६९, आईतवार ०७:०४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, ८ पुस । राष्ट्रपति बराक ओबामाले बिपक्षी रिपब्लिकन, बिज्ञहरुको सुझाव र सहमति सहित अमेरिकामा वसोवाश गरिरहेका तर अमेरिकन ड्रिम्स पुरा नभएका करिब १२ मिलियन अनाधिकृत आप्रवाशिहरुलाई कानुनी हैसियत प्रदान गर्ने भएका छन । गत नोभेम्बरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका राष्ट्रपति बराक ओबामाले आफुले पहिलो कार्यकालका लागि निर्वाचित हुनु अघि गरेको वाचा अनुरुप अमेरिकामा वसोवाश गरिरहेका १२ मिलियन अनधिकृत आप्रवाशिहरुलाई नयाँ बर्ष २०१३ को उपहार स्वरुप ‘एम्नेष्टी’ मार्फत कानुनी हैसियत प्रदान गर्ने भएका हुन् । स्रोतले दिएको जानकरी अनुसार राष्ट्रपति ओबामाले यस बिषयमा बिपक्षी रिपब्लिकन र बिज्ञहरुसंग आन्तरिक छल फल र परामर्श गरि रहेका छन र छिट्टै यो बिललाई साझा सहमति सहित तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा २०१३ को मार्च बाट छलफलमा ल्याइने छ । यद्यपि २०१३ को अगस्टमा कार्वान्वयनमा ल्याइने भनिएको ‘एम्नेष्टी’ मा बिपक्षी रिपब्लिकनहरुले अमेरिकामा वसोवाश गरिरहेका अनाधिकृत आप्रवाशिहरुलाई कानुनी हैसियत प्रदान गर्दा उनीहरु अमेरिकामा वसोवाश गरेको अवधि न्युनतम ३ देखि ५ बर्ष हुने पर्ने अडान राखेका छन भने भर्खरै बिपक्षी रिपब्लिकन नियन्त्रित तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट अनुमोदन भएको डाईवर्सिटी भिषा खारेजी बिल लाई डेमोक्र्याट नियन्त्रित माथिल्लो सदन बाट अनुमोदन गर्ने सर्त अघि सारेका छन । तर राष्ट्रपति बराक ओबामा र उनको दल डेमोक्र्याटले बिल पास हुनु अघि अमेरिका प्रवेश गरेका अनाधिकृत आप्रवाशिहरुलाई कानुनी हैसियत प्रदान गरिनु पर्ने आफ्नो अडानलाई निरन्तरता दिएका छन । न्युयोर्कका कानुन ब्याबसायी केशव राज सेडाईका अनुसार अनाधिकृत आप्रवाशिहरुले आफु अमेरिका प्रवेश गरेको र अमेरिकामा वसोवाश गरेको प्रमाण खुल्ने तथ्यहरु पनि कानुनी हैसियत प्राप्त गर्ने आधार हुन सक्ने छ । उनका अनुसार राष्ट्रपति बुशले अनाधिकृत आप्रवाशिहरुलाई कानुनी हैसियत प्रदान गर्ने ‘एम्नेष्टी’ ल्याउने तयारि गरे पनि उनको दल रिपब्लिकन नियन्त्रित तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले अस्विकार गरेको कारण लम्बिदै गएको अनाधिकृत आप्रवाशिहरुलाई कानुनी हैसियत प्रदान गर्ने बिल अर्थात् ‘एम्नेष्टी’ ल्याउने सरकारी प्रयाश ९/११, २००१ को त्राशदी पूर्ण आतंकबादी हमलाका कारण स्थगित भएको थियो । १२ मिलियन भन्दा बढी अनाधिकृत आप्रवाशिहरुको मुद्दालाई आधार बनाएर २००८ मा डेमोक्र्याटका उम्मेदबार बराक ओबामा अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका थिए । अनाधिकृत आप्रवाशिहरुको मुद्दालाई आधार बनाएर २००८ मा राष्ट्रपति पदमा निर्वाचित भएका बराक ओबामाले आफ्नो पहिलो कार्यकालमा रिपब्लिकन नियन्त्रित तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा भएको खिचातानी र ओबामा केयर स्वास्थ्य सुधार योजना माथि भएको चर्को बहसका कारण आफ्नो वाचा अनुरुप अनाधिकृत आप्रवाशिहरुको मुद्दा सम्बोधन गर्न सकेनन । स्रोतले दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रिय सुरक्षासंग असम्बन्धित कुनै अप्रिय घटना नभएमा २०१३ को मार्च बाट अनाधिकृत आप्रवाशिहरुको मुद्दा माथि छलफल सुरु हुनेछ र बिपक्षी रिपब्लिकन र बिज्ञहरुको सुझाव र सहमति सहित २०१३ को अगस्टमा कार्वान्वयनमा ल्याइने छ । जुन ‘एम्नेष्टी’ले अमेरिकामा वसोवाश गरिरहेका करिब १२ मिलियन अनाधिकृत आप्रवाशिहरुलाई कानुनी हैसियत प्रदान गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

आजको प्रमुख समाचार