डेनिसको सुटकेशमा चरेस

७ पुष २०६९, शनिबार २१:४६ मा प्रकाशित

काठमाडौं, ७ पुस । कतार एयरको क्युआर–३५१ नम्बरको उडानबाट दोहाहुँदै डेनमार्क जान लागेका डेनिस नागरिक थोमास ट्रोल एन्डरसनलाई सुटकेशमा फल्स बटम बनाई लैजान लागेको तीन के.जी. चरेससहित त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको एक्सरे मेशिनमा खटिएका प्रहरीले पक्राउ गरेको छ । राहदानी नम्बर २०००१९९६४ भएका एन्डरसनका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरमा राजुप्रसाद न्यौपानेले संचालन गरेको नमस्ते नेपाल धौलागिरी गेष्ट हाउसको कोठा नम्बर १०३ बाट बालाजु बसन्तनगर बस्ने गोरखा जिल्ला लापु–५ घर भएका १८ वर्षीय राजु गुरुङ, बालाजु कुमारीथान बस्ने रामेछाप घर भएका १६ वर्षीय अजय लामा, मनमैजु–१ बस्ने गोरखा तान्द्राङ घर भएका १७ वर्षीय मिलन गुरुङसमेत ६ जनालाई लागूऔषध खैरो हेरोइन ४ ग्राम १६ मिलिग्राम र नगद १२ हजार ६ सय ७५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित फायर क्लवबाट खाजा खाई आफू बस्ने किङग ल्याण्ड होटेलतर्फ फर्कने क्रममा नर्सिङ चोकमा अपरिचित ४/५ जनाले रसियन नागरिक ओलेगलाई शनिबार लुटपाट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो