गतिरोध अन्त्य गरेर मात्र भारत जान कांग्रेस सभापति कोइरालाको राष्ट्रपति समक्ष आग्रह

७ पुष २०६९, शनिबार १७:५८ मा प्रकाशित

काठमाडौं, ७ पुस । विद्यमान राजनीतिक गतिरोध अन्त्य गरेर मात्र भारत भ्रमणमा जान कांग्रेस सभापति शुशिल कोइरालाले राष्ट्रपति समक्ष आग्रह गरेका छन् । उनले आजबाट काठमाडौंको थलीमा सुरु भएका क्षेत्रीय सभापतिहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रपति भारत नजाँदै समस्या समाधान गर्नुपर्छ ।’ उनले कांग्रेस जिम्मेवार पार्टी भएकाले अधैर्य हुने अवस्था नरहेको स्पष्ट पारे । जति छिटो भए उत्ति नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चालाई फाइदा हुने सभापति कोइरालाको भनाइ थियो ।
कायक्रममा पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका अन्तरवस्तुमा सहमति नभई सत्ता नछाड्ने एमाओवादी अडान नै अस्पष्ट भएको बताए । संविधानका अन्तरवस्तुमा सहमति गर्ने भए नयाँ चुनाव आवश्यक नभएको भन्दै उनले पुनःस्थापनाको विकल्पमा जान जान सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार