पूर्व सभासद सुनिलबाबु पन्तले नीलहिरा समाजमा लाखौं भ्रष्टाचार गरेको आरोप

७ पुष २०६९, शनिबार १७:३४ मा प्रकाशित

काठमाडौं ७ पौष । यौनिक तथा लैङ्गिीक अल्पसंख्यक समुदायका जमीन राणा ( विनोद) ले नील हिरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले देशभरीका यौनिक तथा लैङिगीक अल्पसंख्यक समुदायको नाममा आएको लाखौं रकम भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा मितिनी नेपालको सहयोगमा पत्रकार सम्मेलन गर्दै राणाले नेकपा (संयुक्त) को तर्फबाट सभासद हुँदा सुनिलले पदीय मर्यादा विपरित दुवै तर्फबाट तलब भत्ता लिँदै भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा राणाले सरकारको कर छली पिंक माउण्टेन ट्राभल्स प्रा.लि. गरी लाखौ कारोबार गरेको, नेपाल सरकारबाट समुदायको नाममा आएको ८५ लाख रकमले धुम्बाराहीमा आप्mनो नाममा भवन बनाएको, समूदायको नाममा झुठ्ठा तथ्याङ्क पेश गरी नक्कली समलिङ्गीसँग सक्कली डलर साटी खाएको, संस्थामा आप्mनै भिनाजु विष्णुराज पन्तलाई कोषाध्यमा नियुक्त गरी अकुत सम्पत्ति आर्जन गरी सितापाईलामा घर जग्गा गाडी आदि किनेको दावी गरे ।
महिला समलिङ्गी पुनम रोक्काले सुनिलले कार्यालयमा कार्यरत कर्मचारीसँग यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाईन । उनले म नील हिरा समाजमा हुँदा संस्थामा मानवअधिकार अधिकृतको रुपमा कार्यरत तेस्रोलिङ्गी भक्ति शाहले कार्यालयमा नै यौन दुव्र्यवहार गर्ने, संवेदनशील अंग छुने जस्ता कार्य गरेको वेदना व्यक्त गरिन ।
बद्री पुनले सुनिलबाबुले अहिले पनि नलिहिरा समाजबाट १ लाख ४० हजार तलब लिने गरेको, अंग्रेजी नजान्नेलाई बोर्ड सदस्यमा राखेको र अग्रेजी जान्नेलाई ठूलो रकम दिएर मुख बन्द गराएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार