‘सहमति हुने भए सरकार ठुलो कुरा होइन’

७ पुष २०६९, शनिबार १७:२६ मा प्रकाशित

, ७ पुस । प्याकेजमा सहमति गरिने भए एमाओवादीले सरकार छाड्न कुनै ठुलो कुरा नभएको सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । उनले आज नियमित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
‘हामी कुनै पनि बेला सरकार छाड्न सक्छौं,’ उनले भने, ‘त्यसका लागि प्याकेजमा सहमति हुनु पर्छ, प्याकेजमा सहमति भए कांग्रेस नेतृत्व स्वीकार गर्न सकिन्छ ।’
ुवैशाखमा चुनाव गर्ने गरी प्याकेजमा सहमति भए कांग्रेस नेतृत्व स्वीकार्छौं भनेकै छौं नि उनले पत्रकारको जिज्ञासामा थपे ।
एमाओवादीभित्र प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामाको विषय चर्किरहेकाबेला प्रवक्ताको यस्तो धारणा आएको हो । उनले सरकारका विषयमा पार्टी लचिलो हुने धारणा राखे ।
एमाओवादीले माघ २० गतेदेखि हेटौंडामा हुने महाधिवेशनका लागि पुस २० गते केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको जानकारी दिए । बैठकपछि प्रचार प्रसार थालिनेछ, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन