बिबाद मिलाउने जिम्मा चार जनालाई

७ पुष २०६९, शनिबार १६:२१ मा प्रकाशित

काठमाडौं, ७ पुस । एकीकृत माओवादीले सरकार छाड्ने नछाड्ने विषयमा विवाद मिलाउने जिम्मा पार्टीका चार शीर्ष नेतालाई दिएको छ ।
एमाओवादी केन्द्रीय कार्यालयका विस्तारित बैठकले आज यस्तो धारणा सार्वजनीक गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा सचिव पोष्टबहादुर बोगटीलाई जिम्मा दिएको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले वैशाखमा निर्वाचन सम्पन्न गर्ने गरी पार्टी र सरकारबाट पहल गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘विगतमा भएका पार्टी निर्णयका आधारमा निर्णय लिइनेछ ।’ एमाओवादीको यसअघिको पदाधिकारी बैठकले सहमतिका लागि लचिलो हुने निर्णय गरेको थियो ।
बैठकले सरकारबारे वार्ता र छलफल गर्दै जाने तर सार्वजनिकरुपमा कुनै अभिव्यक्ति नदिने निर्णय भएको सापकोटाले जानकारी दिए । सरकार छाड्ने विषयमा विवाद बढे केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाउने तयारी भएको छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी गर्दै जाने निर्णय गरेको छ । हेटौंडामा माघ २० देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय एमाओवादीले यसअघि नै गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् । टेप्लिजलाई

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

आजको प्रमुख समाचार