अभिशप्त खुशी -वविता बस्नेत

१२ चैत्र २०६८, आईतवार २२:२३ मा प्रकाशित

तपाईंले विवाह किन गर्नुभएन – – अँ, गरिनँ । इच्छा भएन या अरू नै कुनै कारणले – – अब इच्छा पनि रहेन । इच्छा नभएको पनि कारण त होला नि – – कारण – सायद समय भएन । मानिसहरू भन्छन्, तपाईं झुट बोल्नुहुन्न, तर अहिले जे भन्नुभयो त्यसलाई सत्य मान्न सकिएन भने – – मैले झुट बोलेको छैन । फेरि पनि सत्य त बोल्नुभएन – – म यो विषयमा प्रवेश गर्न चाहन्न । सत्य त बोल्नु भो तर किन प्रवेश नगर्ने – – यो कुरा मैमा निहित रहन दिनोस् । ८ जीवनमा लुकाउनुपर्ने कुरा धेरै हुन्छन् कि खोल्नुपर्ने – – थाहा भएन । ८ लुकाउनुको अर्थ के हुँदोरहेछ जीवनमा – – सायद यही समाज जसले सत्य बुझन चाहँदैन, कदाचित बुझिहाले पनि आफ्नै अर्थमा बुझछ । ८ जीवन के हो जस्तो लाग्छ – – निश्चित परिभाषा छैन, तपाईं कसरी जिउनुहुन्छ त्यसमा भर्रपर्छ । ८ तपाईंका लागि – – अधुरा प्रयासहरूको थालनी । यस्तै प्रश्नोत्तरहरूले करिब एक घण्टाको समय बित्यो । जीवनमा अन्तर्वार्ता त उसले धेरै दिई तर यो अन्तर्वार्ताले आज उसलाई नराम्ररी बिथोलेको छ । कुनै दिन कुनै पत्रकारबाट यस्ता किसिमका प्रश्नहरूको वषर्ा होला भन्ने उसले सोचेकै थिइन । जीवनका ३५ वर्षविभिन्न अनुसन्धानहरूमा बिताएकी उसले आफ्नो जीवनलाई कमै मात्रामा फर्किएर हेरेकी छ । सधैं हतार र दौडधुपमा जीवन गुजार्दै हिजै मात्र उसले आफ्नो जीवनको ६० औं वर्षप्रवेश आफ्ना केही नातेदार र साथीहरू माझ मनाएकी थिई । बाल्यकाल र किशोरावस्थामा ६० वर्षाई उसले जीवनको उत्तर्रार्द्ध या भनौं मृत्युलाई अत्यन्त नजिक पुग्ने वर्षो रूपमा लिएकी थिई । तर अहिले उसलाई लागिरहेको छ, जीवनमा थुपै्र-थुपै्र अधुरा कामहरू बाँकी छन् र मृत्यु उसको कल्पनाभन्दा निकै टाढा छ । टेलिभिजनमा आएको एक घन्टा लामो अन्तर्वार्तापछि धेरैले उसलाई टेलिफोनबाट बधाई दिए र अन्तर्वार्ताको प्रशंसा गरे । तर, ऊ त्यो अन्तर्वार्तापछि यसरी बिथोलिएकी छ कि त्यति �� ूलो असन्तुष्टि त जीवनमा उसलाई कहिल्यै भएको थिएन । अन्तर्वार्ताको क्रममा सोधिएको जीवनमा लुकाउनुपर्ने कुरा धेरै हुन्छन् कि खोल्नुपर्ने – भन्ने प्रश्नको जवाफले उसलाई आत्मग्लानिको महसुस गराएको छ । प्रश्न आशा गरिएको भन्दा भिन्न थियो तर जवाफ दिनै नसक्ने प्रकारको भन्ने थिएन । उसलाई भन्न मन लागेको थियो- “सायद लोग्नेमान्छेहरूले र्सार्वजनिक गर्ने धेरै कुराहरू हुन्छन् र महिलाहरूले लुकाउने ।” त्यो नै उसको जीवनको अनुभव थियो तर उसले भन्न सकिनँ । आफूभित्र लुकेको एउटा सत्य खुल्ला गर्ने क्रममा उसले कैयन दिन र रातहरू तनावमा बिताएकी छ, धेरै मान्छेहरूलाई चिन्ने मौका पाएकी छ, लोग्नेमान्छेहरूप्रति धारणा बनाउने दुस्साहस गरेकी छ । ‘विवाह किन गर्नुभएन -” प्रश्न साधारण थियो तर दिनुपर्ने उत्तरभित्र लुकेको वास्तविकतालाई उसलाई त्यो उमेरमा आएर पनि व्यक्त गर्न सकिनँ । उसलाई लाग्छ यदि कसैले म र्सार्वजनिक जीवनमा भएको कारणले व्यक्तिगत जीवनतर्फरुचि नै भएन भन्यो भने कि त ऊ ढोंगी हो कि त उसले सोचेजस्तो जीवन नै बाँच्न पाएको छैन । त्यही सोचेजस्तो जीवन बाँच्न नपाएको मानिसभित्र ऊ पनि पर्छर्ेे हरेक मानिसको व्यक्तिगत जीवनले ऊभित्र कति फरक पारिरहेको र त्यो कति महìवपर्ूण्ा हुन्छ भन्ने उसले अनुभव नगरे पनि राम्ररी बुझेकी छे । जीवनमा खुसी खोज्ने क्रममा कतिपय मानिसहरूका अगाडि ऊ पटक-पटक टुक्रिएकी छ, आफूलाई दुखाएकी छ । आफ्नो बाल्यपन, किशोर अवस्था र यौवनका क्षणहरूको सम्झना र विश्लेषण गर्ने क्रममा अहिले उसलाई लागेको छ, “मानिसहरू कति स-साना कुराहरूमा अल्भिmएर अमूल्य समय केवल गुजार्ने काम गरिरहेका छन् । र यो संसारमा आफ्नो स्वार्थबाट मात्रै निर्देशित कुनै प्राणी छ भने त्यो पनि मानिस नै हो ।” यो निष्कर्षा पछि उसको जीवनका सारा भोगाइहरू साक्षी छन् । विवाहको अर्थ नबुझदै उसको विवाह भएको थियो, जतिबेला ऊ मात्र तेह्र वर्षी थिई र आ�� कक्षामा पढ्थी । विवाहको भोलिपल्टै लोग्नेले घर छोडेर हिँडेपछि माइतमा बसेर पढाइलाई अघि बढाउँदै आएकी उसले श्रीमान्ले सानैदेखि आफूले मन पराएकी केटीलाई लिएर तर्राईमा बसिरहेको खबर करिब एक वर्षछि पाएकी थिई । उसको विवाह किन भएको थियो र उसले किन छाड्यो भन्ने कुरा न त उसले थाहा पाई न बुझने कोसिस नै गरी ।

 

उसका दाजुभाइहरूले पनि त्यो विषयमा कहिल्यै चर्चा गरेनन् । बुबाले भने पटकपटक ‘हामीले गल्ती गर्‍यौं माफ गर’ भनेको उसलाई सम्झना छ । पश्चिम पहाडी जिल्लामा जन्मिएकी उसलाई विवाहको नाममा जग्गे, बाजा र रातो सारी लगाएर करिब एक दिनको बाटो हिँडेको सम्झना छ । श्रीमान् भन्नेको अनुहार त उसले राम्ररी देखेकी पनि थिइनँ र ऊसँग कुनै प्रकारको संवाद पनि भएन । पछि एसएलसी गरेपछि नचिनेको �� ाउँमा विवाह गरिदिन सजिलो हुने �� ानी मामलीहरूले पढाइको निहुँमा का�� माडौं ल्याएका थिए । पढाइ सकेपछि ‘अनुसन्धान’ लाई उसले आफ्नो करियरको क्षेत्र बनाई र देश, विदेश, गाउँ, सहर, काम र दौडधुपको यात्रा करिब ३५ वर्षम्म जारी रहृयो । आममानिसलाई जस्तै जीवनमा खुसी हुने रहर उसलाई पनि नभएको होइन । ऊ चाहन्थी उसलाई हरप्रकारले बुझने जीवनसाथी होस्, जोसँग ऊ हरेक कुरा खुलस्त भन्न सकोस्, विगत, वर्तमान र भविष्यका कल्पना र योजनाहरू सबै, सबै नै । भौतिक सुखसुविधा त ऊ आफैं पनि जुटाउन सक्थी, त्यसैले उसलाई लाग्थ्यो यस्तो मान्छे जीवनमा आओस् जो उसलाई निशर्त माया गरोस् र निःस्वार्थ रूपले उसले चालेका कदमहरूमा साथ देओस् । र्सतरहित माया गर्ने जीवनसाथी उसको जीवनको सपना नै थियो भने पनि हुन्छ । मानिसहरू नभेटिएका पनि होइनन्, कामकाजी जीवनमा प्रवेश गरेपछि जीवनमा कहिल्यै अनुभूति नगरेको पे्रम भएको थियो उसको कसैसँग । करिब तीन वर्षउसले त्यही मानिसलाई आफ्नो जीवनसाथीको कल्पना गरेर बिताई । जब उसले विवाहको प्रस्ताव राख्यो ऊ खुलस्त हुन चाही र आफ्नो तितो यथार्थलाई अगाडि सारी । ‘मेरो तेह्र वर्षो उमेरमा विवाह भएको थियो’ मात्र उसले के भनेकी थिई ‘तिमी यति ढोंगी हौली भन्ने मैले सोचेको पनि थिइनँ’ भन्दै विभिन्न लान्छना लगाएर तत्कालै उसले सम्बन्ध टुटेको घोषणा गर्‍यो र त्यहाँबाट हिँड्यो । त्यसको दर्ुइ महिनापछि केटाको विवाहको निम्ता उसले पाएकी थिई । त्यो पीडाबाट मुक्ति पाउन उसलाई वर्षौं लाग्यो । यात्रामा अर्को एउटा मान्छे भेटियो जो उसलाई दिनको एउटा पे्रमपत्र लेख्थ्यो र ऊबिना बाँच्ने कल्पना पनि नगर्ने कुरा गथ्र्यो । पछि जब उसले विवाहका लागि काम छोड्नुपर्ने र्सत राख्यो ऊ छाँगाबाट खसेजस्तै भई । ऊसँग सायद त्यति धेरै निकटता महसुस गरेकी थिइनँ, त्यसैले त्यति �� ूलो अर्थ राखेन जीवनमा उसको उपस्थिति र अनुपस्थितिले । जस-जसले उसलाई मन पराउँछ या पे्रम गर्छ भने, तिनीहरू सबैमा उसले कुनै न कुनै स्वार्थ देखी । उसलाई लाग्यो- कसैले उसको कामलाई मन पराए, कसैले अनुहारलाई, कसैले सम्पत्तिलाई त कसैले यौवनलाई । जुन प्रकारको पे्रम ऊ चाहन्थी, कहिल्यै महसुस गर्न सकिनँ । जीवनसाथी ऊ चाहन्थी त्यस्तो प्रकारको छाया पनि देख्न पाइनँ । तर ती सबैमा एउटै कुरा समान के रहृयो भने- उनीहरू खुलेर पर्ूवपे्रमिकाहरूको कुरा गर्थे, तिनको कुरा गरेर खिल्ली उडाउन र भावुक हुन स्वतन्त्र थिए उनीहरू । जीवनको पछिल्लो चरणमा विवाह असफल भएका र पत्नीको देहान्त भएकाहरूसँग समेत नातेदार र साथीहरूले उसको कुरा चलाए । तिनमा पनि उस्तै प्रवृत्ति देखियो । कसैले स्वास्नीको आलोचना गरे, कसैले बूढेसकालमा सहाराका लागि विवाह जरुरी भएको बताए । आफ्नो विगतका विषयमा उनीहरू खुलस्त रहे र ऊ सधैं खुम्चिरही । जीवन-यात्राको क्रममा उसले कुनै पनि महिलालाई कामका कारणले दिने सम्मानको आँखाले भन्दा यौनिकताका आँखाले हेरेका अनुभव गरी । आफूले आदर्श �� ानिरहेका कतिपय व्यक्तिहरूले समेत एकान्तमा भेट्न राखेको चाहनाले उसलाई लोग्नेमान्छेहरूप्रति नै पटकपटक घृणा पैदा गरेको छ । चाहेर-नचाहेर जीवनको उत्तर्रार्द्धमा अहिले ऊ जीवनलाई फर्किएर हर्ेन बाध्य भएकी छ । जीवन-यात्राका क्रममा उसले धेरै उतारचढावहरू भोगेकी छ । समाजसँग डराएर मानिसहरूले आफ्ना खुसीसँग सम्झौता गरेको देखेकी छ । ऊ आफैंले पनि स-साना कुराहरूमा अल्भिmएर जीवनको भागदौडमा थुपै्रथुपै्र कुराहरू, आफ्ना खुसीहरू समाजका नाममा आहुती दिएकी छ । बाँचुञ्जेलको खुसी एउटा सुन्दर अनुभूति बनोस् भन्ने ऊ चाहन्थी । मृत्युसँगको भय पनि उन्मूलन गर्न सक्ने खुसीको अपेक्षा गरेकै कारणले होला सायद उसले व्यक्तिगत जीवनमा त्यस्तो अनुभूति कहिल्यै गर्न पाइन । समाज केवल मानिसको सुखका पछाडि दौडिन्छ भन्ने उसको अनुभव छ । कसैले सुख पाए समाजले राम्रो गर्छ, दुःखीहरूको पछाडि समाज हुँदैन । दुःख यस्तो कुरा हो जसले मानिसलाई एक्लै बनाउँछ र एक्लो हुनुको परिणति केवल आफूले मात्र भोग्नर्ुपर्छ न कि समाजले ।

 

दुःखीहरूको पछाडि भीड हुँदैन, शुभेच्छाहरू हुँदैनन्, सुख पाउनेहरूका पछाडि शुभचिन्तकहरूको लाम लागिरहेको हुन्छ । यद्यपि कसैले पाएको व्यक्तिगत सुखले समाजलाई खासै योगदान भने पुर्‍याइरहेको हुँदैन । त्यसैले अहिले उसलाई लागिरहेको छ मानिसले जे गर्नुछ त्यो आफ्ना लागि गर्नुपर्छ, यसको अर्थ आत्मकेन्द्रित हुनर्ुपर्छ भन्ने होइन । काम गर्दै जाँदा जानेर-नजानेर, चाहेर-नचाहेर त्यसले समाज र राष्ट्रलाई योगदान पुर्‍याइरहेको हुनसक्छ । कतिपय अवस्थामा मानिसले जीवन बाँच्ने क्रममा केही गर्दागर्दै त्यसले स्वतः समाज र राष्ट्रलाई योगदान पुर्‍याइरहेको हुन्छ । आफ्ना लागि गरिरहेका कतिपय मानिसहरूले ‘म राष्ट्रका लागि गरिरहेको छु’ भनेको उसले प्रशस्त सुनेकी छ । त्यस्ता ढोंगीहरूको जमातबाट छुटकारा पाउने चाहनामा उसले आफू संलग्न कति संघ/संस्थाहरू छोडी कति साथीहरूसँगको संग�� नबाट आफूलाई टाढा राखी तर परिणाम के भयो – त्यसको हिसाबकिताब कहिल्यै राखिनँ । ऊ देखिरहेकी छ- कति मानिसहरू नामका पछाडि दौडिएका छन्, कति धनका पछाडि हात धोएर लागेका छन् । जो जेका लागि हिँडिरहेका छन, आफूले के-के नै गरिरहेको अनुभूति गरिरहेका छन् । उसलाई पनि हिजो त्यस्तै लाग्थ्यो, विदेश भ्रमणमा जाँदा होस् या आफ्नो अनुसन्धानको प्रस्तुति गर्दा म जस्तो ज्यादै कम मान्छेहरू छन् भन्ने भान नभएको होइन । तर के भयो – गरुञ्जेलको सन्तुष्टि, एउटा भ्रम । अहिले ऊ सोचिरहेकी छे- टाढाको किन कुरा गरौं – एक सय वर्षगाडि यो मुलुकमा कति मानिसहरू विद्वान् थिए होला, कतिले धन कमाए होला, कतिले खान पाएनन् र सडकमा जीवन गुजारा गरे होला, कतिले पे्रम गरे होला, कतिले धोखा दिए र पाए होला, कतिले समाजका लागि आफ्ना खुसी बलिदान गरे होला । खै आज तिनको हिसाबकिताब कसले राखेको छ – उनीहरूले पाएको दुःख, खुसी र भोगेको पीडाले आज के अर्थ राखेको छ – त्यसैले जीवन बाँचुञ्जेलका लागि हो । मानिस एकपटकका निम्ति यो पृथ्वीमा जन्मन्छ र जब उसको मृत्यु हुन्छ कहिल्यै फेरि फर्किएर आउँदैन । यदि जीवनको यो अन्तिम सत्यलाई स्वीकार्ने विवेक मानिसहरूमा हुँदो हो त संसार साँच्चिकै रोमाञ्चकारी र उल्लासमय हुने थियो होला । तर जिन्दगीको भागदौडमा मानिसले मुख्य कुरा नै बिर्सिरहेको हुन्छ । अन्तिम सत्यबाट गुज्रिनुपर्ने तितो सत्यलाई आत्मसात गर्न त्यति सजिलो पनि छैन । उसलाई अहिले लागिरहेको छ- धेरै खोजी नगर्ने हो भने जीवन कम्तीमा आफ्नो खुसीका निम्ति बाँच्नर्ुपर्छ तर आफू खुसी हुनका लागि अरूलाई दुःखी बनाउन भने हुँदैन । विगतको सम्झनाबाट मुक्त हुन नपाउँदै अनुसन्धानको क्रममा विभिन्न दृष्टिकोणबाट समाजलाई नियालेकी उसलाई विश्वविद्यालयमा उसकै जीवनमा शोधपत्र लेख्दै गरेको उही पत्रकारले टेलिफोनमा प्रश्न गर्‍यो- तपाईंको व्यक्तिगत भोगाइमा समाज – उसले यति भनी- जीवनमा कैयनपटक वषर्ात् हुने त्रासमा बिस्कुन सुकाइएन, घाम लाग्ने आशमा छाता बोकिएन, जे सोचियो त्यो उल्टो भयो, जसको हिसाबकिताब समाजले राखेन ।

 

 

(मधुपर्कबाट)

 

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्