एमाओवादीको विस्तारित बैठक राजधानीमा जारी

७ पुष २०६९, शनिबार १५:३८ मा प्रकाशित

काठमाडौ, ७ पुस । एकीकृत माओवादीको विस्तारित बैठक राजधानीमा आज पनि जारी छ । प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने तय गर्न हिजोदेखि सुरु विस्तारित बैठकमा आज पनि हिजोकै सरकारकै विषयमा छलफल भइरहेको छ ।
राजधानीको रोयल सिङ्गे होटलमा बिहान ८ बजेदेखि जारी बैठकमा राष्ट्रिय सहमतिको सरकार गठन, संविधानसभाको नयाँ निर्वाचन, संविधानका लागि आवश्यक पर्ने ऐन, नियम तथा  संविधानको विषयमा छलफल भइरहेको राससले जनाएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उभिएपछि पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराईले समग्र विषयमा एकमुष्ट सहमति नभएसम्म आफूले  यथास्थितिमा राजीनामा नदिने बताएपछि सो विषयमा निर्णय गर्न एमाओवादीले विस्तारित बैठक बोलाएको हो । बैठकमा एमाओवादी महाधिवेशन आयोजक केन्द्रीय समितिका  सदस्यहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार