सहमतिय सरकारका लागि मधेशी मोर्चाको नौं बुँदे सर्त

७ पुष २०६९, शनिबार १५:३३ मा प्रकाशित

काठमाडौं, ७ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राष्ट्रिय सहमतिको सरकारका लागि मोर्चाको तर्फबाट विभिन्न नौं बुँदे शर्त अघि सारेको छ । मोर्चाको आज बसेको बैठकले विघटित संविधानसभाले गरेका निर्णय नयाँ संविधानसभामा निर्णयका लागि पठाउने, संविधानका विवादित विषयमा प्याकेजमा सहमति भए मात्रै बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन गर्न सकिने निष्कर्ष निकालेको हो ।
बैठकले सहमतीय सरकारका लागि पहिलो विकल्पको रुपमा बाबुराम भट्टराई नेतृत्व, दोस्रो विकल्पको रुपमा सत्तारुढ गठनबन्धनबाटै कसैको नेतृत्व र तेश्रो विकल्पको रुपमा मात्रै अरुको नेतृत्व स्वीकार्न सकिने निर्णय गरेको मोर्चाका नेता रामजनम चौधरीले जानकारी दिए । उसले बैशाखमै चुनाव गर्नुपर्नेमा जोड दिँदै तोकिएकै मितिमा चुनाव गर्न नसके प्रधानमन्त्री स्वतःपदमुक्त हुनुपर्ने प्रस्ताव पनि अघि सारेको छ ।
२०७० साल बैशाख भित्र दोस्रो संविधानसभाको निर्वाचन हुनुपर्ने भन्दै मोर्चाले यसअघिका संविधानसभामा सहमति भएका विषयहरुलाई ग्रहण गरी आगामी संविधानसभामा निर्णायर्थ प्रस्तुत गरिनुपर्ने प्रस्ताव मोर्चाको छ । त्यस्तै, तत्कालिन राज्य पुनः संरचना तथा शक्तिको बाँडफाँड समितिले तयार गरेको १४ प्रदेश, राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको १० र अल्पमतको रुपमा आएको ६ प्रदेशको प्रस्तावमा सहमति नभएकाले त्यसलाई विवादित रुपमै ग्रहण गरी अन्तिम निर्णय आगामी संविधानसभाबाट गरिनुपर्ने मोर्चाको धारणा छ ।
नयाँ चुनाव ५ वर्षका लागि गराउने र संविधानसभाले नयाँ संविधान बनाएपछि स्वतः संसदको रुपमा हुनुपर्ने शर्त उसको प्रस्ताव छ । यस्तै २ सय ४० चुनाव क्षेत्र निर्धारण गर्नुपर्ने र सहमतिमा समानूपातिक संख्या निर्धारण गर्नुपर्ने मोर्चाले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार