पीडित युवतीले होशमा आउनेवित्तिकै प्रश्न गरिन्- ‘बलात्कारीलाई के कारबाही भयो ?’

७ पुष २०६९, शनिबार १३:५७ मा प्रकाशित

काठमाडौं, ७ पुस । भारतको राजधानी नयाँदिल्लीमा एक साताअघि चलिरहेको बसमा सामूहिक बलात्कारको शिकार बनेकी २३ वर्षिया युवतीको पक्षमा बलात्कारीहरुलाई कठोर कारबाही गर्नुपर्ने मागका साथ प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि अश्रु ग्याँस र पानीको फोहरा प्रयोग गरिनुका साथै उनीहरुलाई लाठीचार्ज गरेर तितरवितर पार्ने प्रयत्न गरिएको एजेन्सीहरुले जनाएका छन् । केही दिनदेखि जारी प्रदर्शनलाई निरन्तरता दिँदै आज भारतीय राष्ट्रपतिको निवासनजिकै रायसीना हिलमा प्रदर्शन गर्नैलाग्दा प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनमा स्कूल तथा कलेजका छात्रा, विभिन्न संगठनका कार्यकर्ता। गृहणीहरु लगायत सबै उमेर समूहका विभिन्न मानिसहरु सहभागी भएका थिए । प्रदर्शनमा पूर्व भारतीय सेनाप्रमुख वीके सिंहसमेत सामेल भएका र उनले दिल्लीमा यस्तो अवस्था निम्तिनुमा सरकारको अक्षमता भन्ने टिप्पणी गरेका समाचारमा जनाइएको छ । दुव्र्यवहारको घटना बोकेर अहिले कुनै महिला वा युवतीहरु प्रहरी समक्ष जान छोडेको उल्लेख गर्दै सिंहले प्रहरीले पीडितको पक्षमा काम गर्नै छोडेकोले यस्तो भएको बताए ।
बहुचर्चित उक्त बलात्कार काण्डसँग सम्बन्धित ६ जनालाई प्रहरीले अहिलेसम्म पक्राउ गरिसकेको छ भने अभियुक्तहरुलाई फाँसी दिइनु पर्ने माग सर्वसाधारणहरुले गर्दै आएका छन् । बलात्कारको विरोधमा दिल्लीका अलावा भारतका विभिन्न शहरमा समेत प्रदर्शन हुन थालेको छ ।
यसैबीच मुख्यमन्त्री शिला दीक्षितले आफू पीडित युवतीलाई अस्पतालमा गएर भेट्नसक्ने मानसिकतामा नरहेको अभिव्यक्ति दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पीडित युवतीको सफदरजंग अस्पतालमा उपचार भइरहेको छ भने उनले होसमा आउनेवित्तिकै बलात्कारीहरुलाई के कारबाही भयो ? भनी प्रश्न गरेकी बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार