अपराध थरिथरिका

७ पुष २०६९, शनिबार ११:५९ मा प्रकाशित

काठमाडौं, ७ पुस । सप्तरी रुपनगर–७ की ३५ वर्षीया उषा वस्नेत र विराटनगर–२२ वस्ने ५६ वर्षीया लीला कोइरालालाई मानव बेचबिखन धन्दामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँदिल्लीमा काम लगाइदिन्छु भनी १३ वर्षीय दुईजना र १५ वर्षीय एक गरी तीनजना बालकलाई भारततर्फ लैजाँदै गर्दा नेपाल–भारतको सीमामा खटिएको शिविन नेपाल र ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बताइएको छ ।
यसैबीच पनौती घर भएकी सुभद्रा ताम्राकारलाई चाबहिलबाट पनौती पुरयाइदिने बहानामा नम्बर नखुलेको सेतो ट्याक्सीमा सवार एक महिला र ट्याक्सी चालकसमेतले काठमाडौं बालुवाटारस्थित चाइनिज राजदूताबास नजिक पुर्याएर ल्याएर सुभद्राको साथमा रहेको नगद र सुनका गरगहना लुटेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराको खोजी भइरहे पनि हालसम्म पत्ता नलागेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।