एमाओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्ड र बाबुरामबीच दूरी झन् बढ्दो

७ पुष २०६९, शनिबार ११:२९ मा प्रकाशित

काठमाडौं, ७ पुस । शुक्रबार सुरु भएलगत्तै स्थगन भएको एमाओवादी पदाधिकारीको विस्तारित बैठक आज फेरि बस्दैछ । राष्ट्रिय सहमति तथा सरकारको नेतृत्व बारेमा ठोस धारणा बनाउन बस्ने भनिएको पदाधिकारी बैठक अघि बढ्न नसक्नुमा प्रधानमन्त्री बाबुराम भट्टराई सरकार छोड्न नचाहने र पार्टी अध्यक्ष प्रचण्ड बाबुरामलाई हटाउन खोजेझैँ गर्ने अवस्थाको वशमा परेर हो भन्ने विश्लेषकहरुको टिप्पणी छ । कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने तयारीमा अध्यक्ष दाहाल लागेको भन्दै भट्टराई असन्तुष्ट रहेको कुरा जो प्रचारमा ल्याइएको छ, यसमा सत्यताको केही अंश हुन सक्छ तर पूरै सत्य यतिमात्र चाहिँ होइन । वास्तवमा प्रचण्ड बाबुरामलाई प्रधानमन्त्रीबाट हटाउन त चाहन्छन् तर सुशील कोइरालालाई बनाउनका लागि भने नभएको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।
एमाओवादीभित्र पुनः दुईलाईनको संघर्ष हुर्कन थालेको सो पार्टीसम्वद्ध कैयन कार्यकर्ताहरुले खुल्लमखुल्ला बताउन थालिसकेका छन् । प्रधानमन्त्री बनेपछि बाबुराममा पार्टीसमेत पकडमा लिने महत्वाकाङ्क्षा हुर्किएको छ र यसको आभास प्रचण्डले पनि पाईसकेका छन् । यसैबाट प्रचण्ड बाबुरामसँग पहिलेको तुलनामा अत्यन्त सतर्क रहन थालेको सुत्रको भनाई छ । राजनीतिक सहमतिको प्रश्नलाई प्रचण्ड र बाबुरामहरुले त्यति महत्व दिएका छैनन् जति आ आफ्नो वर्चश्व पार्टीमा जोगाउने र बढोने विषयमा उनीहरु केन्द्रित छन् ।
पहिले पहिले प्रचण्डसामु खुलेर आफ्नो असन्तुष्टि दर्शाउन नसक्ने बाबुराम पछिल्लो दिनमा प्रचण्डका सामु डटेर प्रस्तुत हुन थाल्नुको मूल चुरो पनि यही हो । प्रधानमन्त्रीको कुर्सीको आडमा आगामी माघमा हुने भनिएको एमाओवादीको अधिवेशनमा आफ्नो प्रभाव बढाउने धुनमा बाबुराम भट्टराई कम्मर। कसेर लागिपरेका छन् भने पुनः अध्यक्ष पद आफ्नै पोल्टामा पारेपछि बाबुरामलाई किनारा लगाउने रणनीतिमा प्रचण्ड चलखेल बढाईरहेका छन् । यसर्थ, एमाओवादीका तर्फबाट राजनीतिक सहमतिको सवालमा भरपर्दो योगदान केही पनि हुन नसक्ने पक्कापक्की नै छ । आज हुने एमाओवादी पदाधिकारी बैठकले कस्तो निर्णय लिन्छ, यसले पनि भावी राजनीतिक बाटो निर्धारण गर्न अहम् भूमिका खेल्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार