नीरुका निम्ति सेक्स श्रीखण्ड कि खुर्पाको बिँड ?

७ पुष २०६९, शनिबार ११:०१ मा प्रकाशित

नीरू महरा हुन् यिनी । विराटनगरकी नीरू यतिबेला काठमाडौंमा सङ्घर्षरत छिन् । यिनले भेटको सुरुवातमा नै भनिन्, ‘अब मेरो जीवनको एक मात्र उद्देश्य हो सिनेमाको सफल नायिका बन्ने ।’ नीरूलाई सिनेमामा जमेर तहल्का मच्चाउने ठूलो इच्छा छ । केही चलचित्रमा त नीरूले काम पनि गरिसकेकी छिन् भने तीमध्ये ‘साइना’ नामक चलचित्र यो हप्ताबाट रिलिज पनि भइसकेको छ । साइनापछि नीरूले अरू कुन–कुन सिनेमामा काम गरिन् त ? जवाफमा उनले भनिन्, ‘थ्याङ्क्यू र बर्बाद ।’ यी दुवै चलचित्रको यतिबेला प्राविधिक काम भइरहेको छ ।
० तस्बिर त निकै कामुक–कामुक खिचाउ“दी रहिछ्यौ नि ?
– कामुक नभनौ, यो त ग्ल्यामर्स तस्बिर हो ।
० मान्छे त कामुक नै हो नि, होइन र ?
– त्यस्तो होइन, तस्बिर मात्र त्यस्ता हुन् ।
० चलचित्रमा जम्ने ठूलै इच्छा रहेछ । किन यसरी मरिमेटेको ?
– सिनेमा खेल्नु मेरो सानैदेखिको इच्छा र उद्देश्य हो । जसरी पनि सिनेमा क्षेत्रमा तहल्का मच्चाउनु छ मलाई ।
० फिल्म खेलाइदिने भन्दै अन्य के–कस्ता प्रस्ताव आउछन् नि ?
– अरूको बारेमा मलाई थाहा छैन, मलाई त अहिलेसम्म त्यस्तो दायाँबायाँ प्रस्ताव आएको छैन ।
० आयो भने… ?
– त्यस्तो प्रस्ताव स्वीकार गरेरचाहिँ मलाई सिनेमा खेल्नु छैन ।
० ब्वाय फ्रेण्ड छन् ?
– स्कुलेजीवनमा त थियो तर अहिले खाली…।
० किन छुट्यो त ?
– उसले मेरो भावना बुझ्न सकेन ।
० सेक्स के हो ?
– समझदारी ।
० समझदारीमा सेक्स भएको छ कि छैन ?
– अहिलेसम्म छैन ।
० सेक्सलाई किन महत्व दिन्छन् होला मान्छेहरु ?
– नबुझ्नेहरूले महत्व देलान् । यसलाई विशेष सम्झिएर गलत व्याख्या नगर्दा नै राम्रो हुन्छ । बुझ्नेलाई श्रीखण्ड अनि नबुझ्नेलाई खुर्पाको बिँड हो सेक्स ।

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा

आजको प्रमुख समाचार