शीतलहरले बिद्यालय समेत बन्द गरायो

७ पुष २०६९, शनिबार १०:५६ मा प्रकाशित

रुपन्देही ७ पुस । पुस महिनाको पहिलो साता बित्दानबित्दै देखि सुरु भएको बाक्लो हुस्सु र शीतलहर झन्–झन् बढेपछि रुपन्देहीसहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । सिमसिम पानी परेजस्तै गरी पर्ने शीतलहरले जाडो अत्यधीक बढाएको को छ भने मानिस, पशुपंक्षी र बालीनालीमा समेत असर पुर्याएको छ । चिसोले सर्वसाधारण नागरिक, बालवालिका र वृद्ध बृद्धा र खुला आकाश मुनि दैनिक मजदुरी गर्ने श्रमिक, रिक्साचालकहरु ब्ढी प्रभावित भएका छन् । चिसोसँगै रुघाखोकी र निमोनियाले सताउने क्रम पनि बढेको छ । बाक्लो हुस्सु र शीतलहरले सडकमा सवारी साधनहरु चलाउन पनि कठिनाई भएको छ । चिसोको कारण शुक्रबार त रुपन्देही जिल्लाका अधिकांश बिद्यालयसमेत बन्द गरिए ।

 – चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा