प्रियंका र शाहरुखको रोमान्सले गर्मायो बलिवुड

७ पुष २०६९, शनिबार ०१:२२ मा प्रकाशित

प्रियंका चोपडासँगको सम्बन्धका विषयमा चलेका अनेक हल्लाका कारण आफ्नो घरबारै बिग्रिने खतरा उत्पन्न भएका बलिउड अभिनेता शाहरुख खानले त्यतातर्फ उतिसारो ध्यान नदिएको पाइएको छ। उनले चोपडासँगको रोमान्समा पूर्णविराम लगाउन चाहेका छैनन् भन्ने कुरा पछिल्लो घटनाले प्रष्टै पारेको छ। उनले आफूले खेल्न लागेको नयाँ चलचित्रमा चोपडालाई नायिका बनाउन निकै दौडधूप मात्र गरिरहेका छैनन् कि निर्देशकलाई नै दबाब दिइरहेका छन्। समाचार अनुसार आफ्नो आसन्न चलचित्र ‘ह्याप्पी न्यू इयर’ मा चोपडालाई अभिनेत्रीको रुपमा अनुबन्ध गर्न उनले चलचित्रका निर्देशक फराह खानलाई चर्काे दबाब दिइरहेका छन्। बाहिर बाहिरसँगै डुल्दा हल्ला बढि चलेपछि चलचित्रको शुटिङको निहुँमा रोमान्स गर्न पाउने आशामा शाहरुखले चोपडालाई नायिका बनाउन चाहेको कतिपयको विश्लेषण छ। शाहरुखको करकरका कारण फराह पनि दिक्क भएर चलचित्रमा चोपडालाई नै नायिका बनाउने लगभग निर्णयमै पुगिसकेको बताइन्छ। यसका लागि प्रियंकासँग केही चरणका छलफल समेत गरिसकेका छन्। शाहरुखकै दबाबका कारण नाम चलेका करीना, कटरिना तथा दीपिका पादुकोण लगायतलाई नछानेर फराह खान प्रियंकालाई नै ‘ह्याप्पी न्यू इयर’ की नायिका बनाउने निधोमा पुगेको बताइन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्