‘प्लेब्वाई’ भएकै कारण भुवन मलाई मन पर्यो: जिया के सी

७ पुष २०६९, शनिबार ०१:१९ मा प्रकाशित

नायक भुवन के.सी. युवतीको कारणले बेलाबेलामा विवादमा आइरहन्छन्। दोस्री श्रीमती सुस्मिता वम्जनसँगको सम्बन्ध बिच्छेदसँगै एक्लो भएका भुवनले अहिले एक नायिकको साथ पाएका छन्। चलचित्र ‘एटीएम’ बाट चर्चामा आएकी नायिका जिया के.सी. र भुवनको हिमचिम निक्कै बढेको चर्चा छ। भुवन र जियाको सम्बन्ध चलचित्र ‘एटीएम’ को एक गीतको छायांकनदेखि बढेको हो। यस सम्बन्धमा नायिका जिया भन्छिन्, ‘भुवन के.सी.लाई म धेरै नै माया गर्छु तर आजसम्म उहाँलाई प्रेम प्रस्ताव भने राखेकी छैन।’ भुवनको घरमा जिया धेरैपटक गएकी छिन्। के.सी.ले भनिन्, ‘म उहाँको परिवारसँग निकै नजिक छु। उहाँको घरमा खाना खान धेरैपटक पुगेकी छु।’ भुवन के.सी.को एक्लो जीन्दगी देखेर आफूलाई माया लागेको उनको भनाइ छ। यति ठूलो कलाकार भएर पनि भुवनजी एक्लै हुनुहुन्छ, यसैले उहाँको मलाई धेरै माया लाग्छ। भुवन ‘प्लेब्वाई भएकै कारणले आफूलाई मन परेको जिया बताउन चुक्दिनन्। ‘तपाई भुवन केसीसँग बिहे गर्न इच्छुक हुनुहुन्छ?’ भन्ने प्रश्नमा जियाले घुमाउरो पाराले भनिन्, ‘अहिले नै यो बारेमा सोचेको छैन, तर हाम्रो सम्बन्धमा जे पनि हुनसक्छ।’ जियाको यो कुराले भुवनसँग उनको सम्बन्ध सकारात्मक रहेको बुझ्न सकिन्छ। जीया र भुवनको निकटता निक्कै बढेको र उनीहरु धेरैपटक विभिन्न क्याफेमा भेट्ने गरेको चर्चा चलचित्र बजारमा चलेको महिनौ भैसकेको छ। भुवनले जीयालाई तेस्री श्रीमतीको रुपमा भित्राए भने अनौठो नमान्दा हुन्छ भन्नेहरुको समूह पनि ठूलै छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्