एमाओवादी सहमतिको भाँड होः खनाल

६ पुष २०६९, शुक्रबार १८:३० मा प्रकाशित

बुटवल, ६ पुस । एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिका लागि एमाओवादी भाँड रहेको आरोप लगाएका छन् ।
बुटवलमा आज व्यापार मेलाको उद्घाटन कार्यक्रममा उनले दलहरु सहमति नजिक पुगे पनि अनेक बहाना बनाएर एमाओवादीले सहमति भाँडने गरेको आरोप लगाए । खनालले सहमतिका लगि आफूहरु लचिलो भए पनि एमाओवादीले मुलुकमा सहमति नै नचाहेको बताए । ‘एमाओवादीका कारण अन्यौल बढेको छ,’ उनले भने ।
उनले सहमतिका लागि छलफल जारी रहे पनि एमाओवादीमा इमान्दारीता अझै नदेखिएको उल्लेख गरे । एमाओवादीले पार्टी भित्रको अन्तरविरोध देखाएर मुलुकलाई थप संकटमा फसाउन नहुने खनालले सुझाव थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा