सहमतिमा बाबुरामको असहमतिः नेपाल

६ पुष २०६९, शुक्रबार १८:१८ मा प्रकाशित

लमजुङ, ६ पुस । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिमा प्रधानमन्त्री बाबुराम भट्टराईले असहमति जनाएको आरोप लगाएका छन् । लमजुङमा आज आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।
नेता नेपालले एमाओवादी, कांग्रेस र एमाले सहमतिका लागि तयार भए पनि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बनेकाले निकास आउँन नसकेको बताए ।
‘वैशाखमा निर्वाचन गर्ने, नयाँ सरकार गठन गर्ने, २४० निर्वाचन क्षेत्र कायम गर्ने, समानुपातिक प्रतिनिधित्व गराउन, संविधानका विषयमा भएका सहमतिका प्रस्तावहरुलाई नयाँ सरकारले सहमतिका साथ अगाडि सार्ने र राष्ट्रपतिले बाधा–अड्काउ फुकाउनेलगायतका विषयमा दलहरूबीच सहमति भए छ,’ उनले भने ।
सहमति भएका सबै विषय प्रधानमन्त्री भट्टराईले अस्वीकार गरेको उनको भनाई थियो । ‘प्रधानमन्त्रीको सत्ता लिप्सा र पदलोलुपताले सहमति बन्न सकेन,’ उनले भने, ‘सत्ताको दुरुपयोग गरेर हालीमुहाली गर्नेहरू सहमतिको बाधक बनेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार