हिरासतबाट महिला फरार

६ पुष २०६९, शुक्रबार १८:०९ मा प्रकाशित

दाङ, ६ पुस । दाङको तल्सीपुरस्थित इलाका प्रहरी कार्यालयबाट हिरासतबाट महिला कैदी फरार भएकी छिन् । ज्यान मुद्दा लागेकी फुलवारी–२ की २८ वर्षीया बालिका नेपाली शौचायल जाने भन्दै प्रहरीलाई झुक्काएर फरार भएकी हुन् । बालक हत्याको अभियोगमा फक्राउ परेकी बालिकालाई केही समय अगाडि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आज बिहान साढे ५ बजे शौचालय गएकी उनी फर्केर नआएको प्रहरी निरीक्षक गणेश बिक्रम शाहले जानकारी दिए । फुलवारी–२, अम्वापुर निवासी ५ वर्षीया बालक अनुस ओलीलाई कात्तिक–२९ गते हत्या गरेको अभियोगमा बालिकालाई प्रहरीले पक्राउ गरेको थियो ।
दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले हिरासतबाट थुनुवा फरार हुने घटना गम्भीर रहेको बताए । उनले प्रहरीको लापर्वाहीका कारण बालिका फरार भएको स्वीकार गरे । डिउटीमा रहेका प्रहरीलाई कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।
बालक हत्याको अभियोगमा फूलवारीकै ३६ वर्षीया दीपेश नेपाली, १२ वर्षीया जगदीश नेपालीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार