सौराहमा पर्यटकका लागि भारी छुट

६ पुष २०६९, शुक्रबार १६:०१ मा प्रकाशित

चितवन, ६  पुस । सौराहामा पर्यटक आकर्षित गर्न विशेष छुट योजना ल्याइएको छ । सौराहा आउने जो–कोही पर्यटकले यहाँका सबै होटलमा विशेष योजनासहित घुम्न पाउनेछन् । चितवनको समग्र पर्यटनको विकास गर्ने उद्देश्यले सौराहामा आयोजना हुन लागेको चितवन हात्ती महोसत्व एवं अन्तर्राष्ट्रिय हात्ती दौड र अंग्रजी वर्षसँगै पर्ने क्रिसमसलाई ध्यानमा राखेर क्षेत्रीय होटल संघ सौराहाले यो योजना ल्याएको हो । यसमा चितवन आउने स्वदेशी एवं विदेशी पर्यटकले यो अवधिमा यस क्षेत्रका प्रत्येक होटलमा बास बस्दा कोठामा २५ प्रतिशत र रेस्टुरेन्टको बिलमा १५ प्रतिशत छुट दिने योजना अघि ल्याइएको क्षेत्रीय होटल संघ सौराहाका महासचिव सुमन घिमिरेले बताए ।
सौराहाका जंगल सफारी लजका प्रबन्ध–निर्देशकसमेत रहेका घिमिरेले ‘क्रिसमसको समयमा बाह्य पर्यटकको आवागमनमा कमी आउने र सौराहाले हात्ती महोत्सव यही बेला पर्ने भएकाले पनि आन्तरिक पर्यटकलाई लक्ष्य गर्न यो योजना ल्याएको बताए । ‘यो अवधिभर सस्तोमा खाना र कोठा उपलब्ध हुनेछ,’ उनले सौराहालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि विभिन्न प्याकेज योजना ल्याएको जानकारी दिए । चितवनको सौराहामा ११ देखि १३ पुससम्म चितवन हात्ती महोत्सव एर्व नवाँै अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हुँदै छ । सोचेभन्दा धेरै राम्रो हुने दाबी होटल संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका संयोजक ज्ञानेन्द्रकुमार विष्ट गरे । उनले महोत्सवमा १६ वटा विदेशी र ८ वटा घरेलु टिम भिड्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार