रौतहटमा जाडोका कारण एकको मुत्यु

६ पुष २०६९, शुक्रबार १५:२५ मा प्रकाशित

रौतहट, ६ पुस । अत्याधिक जाडोका कारण रौतहटमा एक जनाको मुत्यु भएको छ । केहि दिन देखि लागेको वाक्लो हुस्सु तथा शीतलहरका कारण हिजो राति जुडिवेलामा एक वृद्धाको कठ्यांग्रिएर ज्यान गएको हो ।
वारा जिल्ला वतनपुर्वा घर भई हाल जुडिवेलामा–८ स्थित राम मन्दिरमा धार्मिक प्रवचन गरिरहेका ६५ वर्षीय अनिल झाको कठ्यंग्रिएर मुत्यु भएको गाविस सचिव अमृतकुमार श्रेष्ठले जानकारी दिए । भगवानको प्रवचन तथा भजन गरेर सुतेका झा आज बिहान मृत अवस्थामा फेला परेका थिए ।
केही दिन यता रौतहटमा शीतलहरले व्यापक असर गरेको छ । शीतलहरका कारण जनजीवन प्रभावित हुनुका साथै तरकारी तथा दाल बालीलाई समेत असर पुराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार