प्रेमीसँग शिवाको टेलिफोन वार्ता : ‘मलाई मारेर तिमीलाई फसाउन सक्छन्, भागौँ’

६ पुष २०६९, शुक्रबार १५:०७ मा प्रकाशित

काठमाडौ, ६ पुस । प्रमुख तीन दलसहित १५ वटा राजनीतिक दलका महिला नेतृआवद्ध अन्तरपार्टी महिला सञ्जालले बर्दियामा प्रेमीबाट आगो लगाई हत्या भएकी भनिएकी शिवा हास्मीको परिवारलाई समेत पक्राउ गरि अनुसन्धान गर्न माग गरेको छ । घटनाको अनुसन्धान गर्न सञ्चालकी अध्यक्ष उर्मिला पाण्डेयको संयोजकत्वमा गठित ६ सदस्यीय छानविन समिति समितिले सो घटनामा मृतकका परिवारको हात रहेको आशंका गर्दै छानविनको माग गरेको हो । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन गरेर घटनाको स्थालगत प्रतिवेदन सार्वजनिक गर्दै घटनामा परिवारको संलग्नताको आशंका गरेको हो ।
हास्मीको हत्याको प्रयास पाँच दिनअघि उनका परिवारले प्रेमी भनिएका बाबु खानमाथि कुटपिट गरेको, धम्की दिएको, आगो लगाएका बेला परिवारका सबै सदस्य भए पनि बचाउन प्रयास नगरेको, अस्पताल लैजान परिवारले आलटाल गरेको, घटनाबारे आवाज उठाउने अधिकारकर्मी, सञ्चारकर्मी र स्थानीय जनतालाई परिवारले धम्कि दिएको लगायतका तथ्यको आधारमा सञ्जालले परिवारप्रति आशंका गरेको हो ।
पत्रकार सम्मेलनमा सञ्जालले हास्मी र उनका प्रेमि खाँन विच भएको टेलिफोन सम्बादको आवाज समेत सुनाइएको थियो, जसमा मलाई मारेर तिमीलाई फसाउने छन, नभए तिमीलाई मार्छन् त्यसैले हामी भागेर विवाह गरौँ भनेर भनेको उल्लेख छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्ययन टोलीकी सदस्य एमाओवादी पूर्वसभासद कल्पना धमलाले स्थलगत अध्ययनको क्रममा फेला परेका धेरै प्रमाणहरुले मृतक हास्मिका परिवार पनि हत्यामा शंकाको दायरमा देखिएकोले उनीहरुमाथि पनि अनुसन्धान गर्नु पर्ने महसुस गरिएको बताईन् । किटानी जाहेरी दिने वातावरण नहुनु, दिँदा पनि प्रहरीले नलिनु र अन्ततः सञ्जालको पहलमा मात्र जाहेरी दर्ता हुनुले धेरै आशंकाहरुको जन्म गराएको उनको तर्क थियो ।
बर्दिया जिल्ला गुलरिया नपा वडा नम्बर ८ बस्ने हास्मीलाई गत मंसिर २२ गते पेट्रोल खन्याएर आगो लगाईएको थियो । उनको उपचारको क्रममा मंसिर २७ गते काठमाडौमा निधन भएको थियो भने मृतकको परिवारले हास्मीका प्रेमि खानले विवाह गर्न नमानेकोले आगो लगाई हत्या गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार