राष्ट्रपतिको भारत भ्रमण स्वीकृत, भ्रमण टोली २२ सदस्यीय हुने

६ पुष २०६९, शुक्रबार १४:२० मा प्रकाशित

काठमाडौं, ६ पुस । राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणलाई सरकारले स्वीकृत गरेको छ । राष्ट्रपति यादव बनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा भाग लिन यही पुस ८ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री निवास सिंहदरबारमा आज विहान बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति रामवरण यादवको भारत भ्रमण स्वीकृत गरेको हो ।
मन्त्रीपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गरिएको जानकारी दिएका थिए । राष्ट्रपतिको भारत भ्रमणमा सरकारका तर्फबाट सिँचाइ मन्त्री महेन्द्रप्रसाद यादव सहभागी हुनेछन् । २२ सदस्यीय भ्रमण टोलीमध्ये छोरा चन्द्रमोहन, बुहारी रेश्मी र नाती नमन वाराणासीबाटै फर्कने कार्यक्रम छ भने १९ सदस्य दिल्ली पुगेर फर्कनेछ ।
राष्ट्रपतिको काठमाडौं–वाराणसी–दिल्ली–काठमाडौं भ्रमण टोलीमा छोरी अनिता यादव, सल्लाहकारद्वय हरि शर्मा र राजेन्द्र दाहाल, स्वकीय सचिव ललित बस्नेत, राष्ट्रपति कार्यालयका सचिव शितलबाबु रेग्मी, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, शिष्टाचार महापाल डा. निरञ्जमानसिंह बस्न्यात, सहसचिव मणिराम ओझा, उपसचिव नारायण मैनाली, सहायक रथी प्रदीपबहादुर सिंह, निजी चिकित्सक यादवदेव भट्ट सहभागी हुनेछन् । यसैगरी पार्श्वर्ती सरोज थापा, सुरेन्द्र खाती, विश्वराज दाहाललगायत भ्रमण टोलीमा छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार