‘नेपालीको अधिकार बिदेशीको हातमा छ’

६ पुष २०६९, शुक्रबार १४:१० मा प्रकाशित

डडेलधुरा, ६ पुस । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले नेपाली जनताको हक अधिकार विदेशीको हातमा पुगको बताएका छन् । अहिले नेपाली जनताले आफ्नो अधिकारको उपभोग गर्न पाएका छैनन, आज डडेलधुरामा पत्रकारहरुसंग कुरा गर्दै गुरुङ्ले भने, ‘जनताको अधिकार विदेशीको हातमा बुझाउने काम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले गरे ।’
सचिव गुरुङले जनयुद्ध र जनआन्दोलनले नाराणहिटीमा रहेको जनताको अधिकारलाई सिंहदरवार हुँदै जनताका घर घरमा पुर्‍याउने नीति लिएको भए पनि दाहाल र भट्टराई मिलेर लैनचौर हुँदै विदेशी सामु बुझाइसकेका छन् भने । ‘अहिले सबै कुराको छिनोफानो भारतकै खटनपटनमा हुने गरेको छ,’ उनले थपे, ‘प्रचण्ड र बाबुरामले चाहनुभन्दा पनि भारतले चाहेमा मात्र दलिय सहमतिन हुनसक्छ ।’
कांग्रेस, एमाले लगायतका विपक्षी दलहरुले समेत सरकारका असंवैधानिक कदमलाई सघाउँदै आएको उनको दावी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार