सहमतिको कुरा गर्ने प्रचण्ड नै अबरोधको पात्र खडा गर्छन् : पौडेल

६ पुष २०६९, शुक्रबार १२:२४ मा प्रकाशित

काठमाडौं, ६ पुस । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीले अनेक बहानामा अवरोध खडा गरी रहेको आरोप लगाएका छन् । उनले भने, ‘एमाओवादी अबरोध सृजाना गरी रहेको छ, तै पनि भोलि शनिबारसम्म कुनै सहमति हुन्छ की भन्ने आशा छ ।’
क्षेत्रीय सभापतिहरुको भेला तयारीका सम्बन्धमा जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् । उनले शनिबारसम्म राजनीतिक निकास नआए आ–आफ्नै रुपबाट अगाढि बड्ने बताए । ‘आज वा भोलि बेलुका सम्म मुलुकको राजनीतिक तुवाँलो हट्छ,’ उनले भने, ‘तुवाँलो हटेन भने पर्सी आइतबारबाट दलहरु आ–आफ्नै ढंगले अगाडि बढ्छौं ।’
उपसभापति पौडेलले शनिबार बेलुका सम्म पनि सहमति हुँन नसके आन्दोलन भन्दा अर्को विकल्प नरहेको बताए । एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुसँग सहमतिका राम्रा कुरा गर्ने गरेको स्मरण गर्दै पौडेलले भने, ‘सहमतिको राम्रो कुरा गर्ने बाधा पुराउन कुनै न कुनै पात्र खडा गर्ने प्रचण्डजीको बानी छ ।’ उनले एमाओवादीलाई बोलेका कुरामा अडिग रहने सुझाव पनि दिए ।
यसैबीच, कांग्रेसले आफ्ना क्षेत्रीय सभापतिहरुको भेलाको तयारी पुरा भएको जनाएको छ । काठमाडौंको डाँछीमा भोलि शनिबार देखि सुरु हुने भेलामा दुई सय चालीस क्षेत्रीय सभापतिहरुको सहभागिता रहने छ ।
उनीहरुलाई होमस्टेका रुपमा डाँछीमा कांग्रेसका नेता तथा कार्यकर्ताको घरमा राखिने छ ।
भेलाका सहभागी क्षेत्रीय सभापतिहरुलाई कांग्रेसको नीति तथा कार्यक्रम, राज्य पुनःसंरचना, शासकीय स्वरुप, राजनीतिक र सांगठनिकलगायतका विषयमा प्रशिक्षण दिईने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार