नेकपा–माओवादीका गोर्खा सेक्रेटरीमाथि आक्रमण

६ पुष २०६९, शुक्रबार १२:१७ मा प्रकाशित

गोरखा, ६ पुस । नेकपा–माओवादीका गोर्खा सेक्रेटरी नारायण अधिकारी माथि संघातिक आक्रमण भएको छ । उनले नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् ।
विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदा उनीमाथि  कांग्रेसका कार्यकर्ताले सेक्रेटरी अधिकारी सहित ३ जनालाई कुटपीट गरी घाइते बनाएका छन् । हंशपुरको ज्ञानज्योति उच्च माविको ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदा कांग्रेस कार्यकर्ता लिलाधार अधिकारी र रवि न्यौपानेको समूहले विद्यालयका शिक्षक वासुदेव दवाडी र एकीकृत नेकपा माओवादी इलाका सेक्रेटरी सुमन परियारलाई पनि घाइते बनाएका हुन् ।
घाइते तीनै जनाको टाउको र शरीरका बिभिन्न ठाउँमा चोट लागेको छ । उहाँहरुको काठमाडौको वीर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था बुझ्न आज विहानअस्पताल पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दोषीमाथि कारबाही हुने आश्वसन दिएका छन् ।
त्यसैगरी नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य र सचिव नेत्रविक्रम चन्द विप्लब पनि घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनीहरुले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस गोरखाका उपसभापति मोहन पोखरेलले भने पार्टीको योजनामा घटना नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार