एमाओवादीको बिस्तारित बैठक भोली सम्मका लागि स्थगित

६ पुष २०६९, शुक्रबार १२:०७ मा प्रकाशित

काठमाडौं, ६ पुस । एकीकृत नेकपा माओवादीको विस्तारत बैठक भोली विहान सम्मका लागि स्थागित भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष बाबुराम भट्टराई पक्षबाट फरक फरक धारणा सार्वजनीक हुन लागेपछि बैठक भोली बिहान सम्मका लागि स्थगित गरिएको बुझिएको छ ।
आजको बैठकमा अध्यक्ष दाहालले राजनीतिक गतिरोध अन्त्यका लागि भइ रहेको राजनीतिक छलफलका बारेमा जानकारी गराएका थिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा विषय प्रवेश मात्र गरिएको थियो । उनले भने, ‘प्रधानमन्त्री विशेष कामले बाहिर जानु पर्ने भएपछि बैठक स्थगित भएको हो ।’
छलफलमा पादधीकारीहरु, व्युरो प्रमुखहरु, राज्य समितिका पदाधीकारी र विघटित स्थायी समितिका सदस्यहरु समावेश थिए । बैठकले पार्टीभित्र देखिएको मतान्तर र राजनीतिक गतिरोधको विषयमा छलफल गरी एउटै धारणा ल्याउने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार